३ जेष्ठ २०८२, शुक्रबार

प्रचण्ड र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाह उदघाटन गरे
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्ज सुख्खा बन्दरगाहको उदघाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उदघाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए । करिब १५ वर्षअघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह बिहीवारबाट सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech