बुटवल\बिहे प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा एक युवकले २ जनाको हत्या गरेको खुलेको छ। वाणगंगा नगरपालिका ६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए। रुपन्देही कञ्चनका २२ वर्षीय मोहन थारूले उनीहरूमाथि चक्कु प्रहार गरेको डीएसपी घलेले बताए।