११ बैशाख २०८२, बिहीबार

यस्तो बन्दै छ भेरीको पानी पम्पिङ आयोजना
  • न्युज मानसराेवर

सुर्खेत\ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानीको समस्या हुने गरेको छ । राजधानी भएसँग वीरेन्द्रनगरमा जनसंख्यामा वृद्धि हुँदै गएको हो । वीरेन्द्रनगरमा बढ्दो सहरीकरणले गर्दा पनि खानेपानीको समस्या हुँदै आएको छ ।

वीरेन्द्रनगरबासीका धारामा ५/६ दिनको फरकमा पानी आउने गर्छ । उक्त पानी वीरेन्द्रनगरबासीलाई ६ दिनसम्म पानी पुर्याउन भ्याइँनभ्याइ हुन्छ ।वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले उपत्यका वासीका लागि पर्याप्त खानेपानीको व्यवस्था गर्न सकेको छैन । वीरेन्द्रनगरमा कर्णाली प्रदेशका १० वटै जिल्लाका बासिन्दाको बसोबास रहेको छ ।

यहाँ रोजगार, गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि कर्णालीका हिमाली जिल्लाका बासिन्दा कर्णाली राजधानीमा झर्ने गरेका छन् । बसाइसराईका कारणले पनि पानिको म्ुहान सुक्दै गएका छन् ।त्यसैले सो समस्या सामधान गर्नका लागि भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा प्रयाप्त पानी पुराउने तयारी भएको हो ।भेरी नदीको पानी पम्पिङ आयोजना ३ वर्षभित्र समाधान गर्न गरि शुक्रबार छलफल भएको छ । वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्नका लागि उक्त आयोजना अघि बढाइएको हो ।

सुर्खेत उपत्यका खानेपानी संस्थाको अवस्था

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०५७ सालमा स्थापित भएको हो ।

उक्त संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरिरहेको छ । तर, वीरेन्द्रनगरवासीले प्रप्यात मात्रामा पानी पाउँदैनन् ।

यस्तो बन्दै छ भेरीको पानी पम्पिङ आयोजना

विश्व बैंक/अन्तर्राष्ट्रिय विकास नियोगको सहयोग, नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग उपयोजना ध्बक्न्क्ष्क्ए को सहजीकरण र वीरेन्द्रनगर नगरपालिकाको संलग्नतामा निर्माण हुने भेरी पम्पिङ उप-आयोजनाको डिपिआर तयार भएको वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिएकी
छन् ।

पहिलो चरणको काम नगरपालिकाबाट ऐन निमार्ण गरेर असार भित्र टेण्डर आह्वान गरिने बताइन् ।उक्त आयोजना रु साढे ४ करोडको लागतमा पम्पिङ योजना सुरु गरिने नगरप्रमुख ढकालको भनाई छ । त्यसैगरी उक्त आयोजना काम हुने छ र दुई चरणमा गरी रु ६ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डीपीआर तयार हुनेछ ।

आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको प्रोजेक्ट भएको हुँनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि छलफल भएको छ ।विभागका सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) मधु खनालले डिजाइन रिभ्यु छलफल कार्यक्रमममा प्रस्तुत गरेका थिए ।

खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९/८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अगाडि सारेको छ । जसमा संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत लगानी जुटाउनु पर्ने छ ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फन्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।मन्त्रालयले सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीका बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा उक्त आयोजना सञ्चालन गर्ने खनालले बताए ।

उक्त आयोजना वीरेन्द्रनगर-११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइने जनाइएको छ ।भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन । यसका लागि रु साढे ४ अर्ब खर्च हुने परामर्शदाता प्रशान्त मल्ले जानकारी दिए ।

त्यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत-जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार मल्लले बताए । भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्की (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब सात किलोमिटर लामो पाइप विछ्याइने र पाँच सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिने उनको भनाइ छ ।

अमृतडाँडामा बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । भेरीको पानी लिफ्ङ्गि गर्नुका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सवलीकरण लगायतका कार्य सञ्चालन गरिने बताए ।

 

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech