४ जेष्ठ २०८१, शुक्रबार

नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी भएको छ ।

अनेरास्ववियू(क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

८ बुँदामा रहेका मागहरुलाई सम्बोधन नभएसम्मका लागि आफुले लगाएको तालाबन्दी तोडफोड भए वा अन्य कुनै गतिविधि भएमा त्यसको क्षति स्वयम नगर शिक्षा शाखाले व्यहोर्ने अनेरास्ववियू(क्रान्तिकारी)का बाँके संयोजक विश्वजितले बताए ।

‘महिनौं पुगिसक्दा समेत स्थानिय सरकार र त्यसको शिक्षा शाखाले उक्त मागहरु प्रति सामान्य छलफल र बहसद्धारा हल नै नगरी वेवस्था गर्नुले शैक्षिक व्यापारी प्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैरजिम्मेवारपुर्ण रबैया प्रकट गरेको छ,’ ‘यसप्रति हाम्रो संगठनलाई थप गम्भीर एवम् आक्रोशित बनाउदैं दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत स्थानिय सरकारको शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका हौं,’ उनले भने ।

यस्तै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले नगर शिक्षा शाखा अन्तर्गत नभएको र नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने खाल्का मागहरु भएकोले यहाँबाट समन्वय मात्र गरिरहेका बताए ।

यस्ता छन मागहरु

१. सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट माशिक शुल्क, भर्ना शुल्क लगायतका विभिन्न बहानामा लिइने शुल्क खारेज गर्न र संबिधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको प्राथमिक तह अनिवार्य, निःशुल्क र माध्यमिक तह सम्मको शिक्षा निःशुल्कको व्यवस्थालाई कडाइपुर्वक कार्यान्वयन गरियोस् । साथै दुरुपयोग भईरहेको सामुदायिक विद्यालयहरुको सार्वजनिक सम्पत्तिलाई संरक्षण गरी विद्यालय मातहत ल्याउन माग गर्दछौं ।

२. सरकारी क्याम्पस तथा विद्यालयमा अध्यापनरत शिक्षक–प्राध्यापक, सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समितीमा आबद्ध व्यक्ती, राजनीतिककर्मी, जनप्रतिनिधी, सांसद, मन्त्री लगायत सार्वजनिक जिम्मेवारी तथा पदधारण गरेका व्यक्तिलेहरुले निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गरियोस् । साथै आफ्ना सन्ततिलाई अनिवार्य रुपमा सरकारी तथा सामुदायिक विद्यालयमा अनिबार्य भर्ना गरियोस् ।
३. नगरपालिका भित्रका विद्यालयमा अध्यायपनरत शिक्षकहरुको राजनीतिक दलको क्रियाशिल सदस्यता खारेज गर्नुका साथै विद्यालयमा राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक, प्राध्यापक तथा कर्मचारी नियुक्ती बन्द गर्न माग गर्दछौँ ।

४. निजी विद्यालयमा भर्ना, शुल्क, अतिरिक्त शुल्क, क्यारेक्टर सर्टिफिकेट शुल्क, कमिसनको लागी वर्षैपिच्छे पाठ्यपुस्तक प्रकाशन परिवर्तन, विद्यार्थी पोसाक लगायतका विषयमा भइरहेको अनियमितताको अनुगमन गर्नुका साथै १० प्रतिशत छात्रवृत्ति वितरणलाई पारदर्शी, कार्यरत शिक्षक तथा कर्मचारी माथी भईरहेको श्रमशोषणको अन्त्य गर्न माग गर्दछौँ । साथै विद्यालयबाट दिइने सेवा र लाग्ने शुल्क नागरिक वडापत्रमा देखिने गरी अनिवार्य रूपमा राख्ने व्यवस्था गरियोस् ।

५. नयाँ विद्यालयको अनुमती, विद्यालयको कक्षा वा तह थप, एक देखि अर्को ठाउँमा स्थानान्तरण गर्ने कार्य बन्द गरियोस् । साथै नगर भित्रका विद्यालयको शैक्षिक गुणात्मक एवम् भौतिक सुधारमा विशेष जोड गरियोस् ।

६. सबै विद्यार्थीहरुलाई पाठ्यपुस्तकहरु समयमै उपलब्ध गराउन, सामुदायिक विद्यालयमा देखिएको अंग्रेजी र नेपाली भाषाको नाममा हुने भाषागत विभेद अन्त्य गर्न र सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागी छुट्टयाईएको वर्गिकृत छात्रवृत्तिममा पारदर्शिता अपनाएर सम्बन्धित विद्यार्थीहरुलाई सहज उपलब्ध गराउन माग गर्दछौं ।

७. CTEVT को अनुमातिमा सन्चालित छोटो अवधिका तालिम कार्यक्रम, प्रि–डिप्लो र डिप्लोमा सन्चालित कार्यक्रमको नियमन र अनुगमन, बिदेशी सम्बम्धनको नाममा सन्चालित होटलम्यानेजमेन्ट लगायतका बिभिन्न तालिम, कलेज, अवैधानिक रुपमा विद्यार्थीलाई बिदेश पठाउने कन्सलटेन्सी, भाषागत इन्स्टिच्युट, ट्युसन तथा कोचिङ सेन्टरलाई नियमन, अनुगन तथा निरन्तर निग्रानी गर्न माग गर्दछौँ ।

८. बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयहरुमा छात्राहरुको आत्मसुरक्षा र शसक्तिकरणका लागि ‘आत्म शुरक्षा तालिम’ सन्चालन गर्न माग गर्दछौं ।

  • ४ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech