८ मंसिर २०८१, शनिबार

नरैनापुरमा चार सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • न्युज मानसराेवर

बाँके\मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।शिक्षाको क्षेत्रमा सबैभन्दा पिछिडिएको बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ मा रहेको एक विद्यालय र तीन मदरसामा अध्ययनरत विद्यार्थीहरूलाई पोसाकसहित शैक्षिक सामाग्री वितरण गरिएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक विद्यालय र तीन मदरसामा अध्ययनरत चार सय ५० बढी विद्यार्थीलाई पोसाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको बताए । उनले लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सो शैक्षिक सामाग्री वितरणको बजेट व्यवस्था गराउनु भएकोमा आभार समेत व्यक्त गरेका छन।

बाँकेकै विकट मानिने नरैनापुरमा अभिभावकको आर्थिकस्थिति राम्रो नहुँदा छोराछोरीलाई विद्यालय पठाउँदैनन् । केहीले पठाएपनि उनीहरू नियमित स्कुल पुग्दैैनन् ।

प्रदेश सभा सदस्य नमुनाले लुम्बिनी प्रदेश सरकारले निःशुल्क रूपमा दिएका पोसाकसहितका शैक्षिक सामग्रीहरूको दुरूपयोग हुन नदिन विद्यालयका शिक्षकहरू चनाखो हुनुपर्नेमा जोडदिइन।

वडा नम्बर १ का वडा अध्यक्ष इसाक जोलाहले विद्यार्थीहरूलाई पोसाक, झोला र शैक्षिक सामग्रीहरू वितरण गरिएपछि पठनपाठनमा सुधार हुने आशा गरिएको उनले उल्लेख गरिन।

  • २२ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech