४ बैशाख २०८२, बिहीबार

आज कुन प्रदेशमा भारी वर्षाको सम्भावना ?
  • न्युज मानसराेवर

बाँके\मौसम पूर्वानुमान महाशाखाले प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरी भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

  • २३ असार २०८०, शनिबार प्रकाशित

  • Nabintech