८ बैशाख २०८२, सोमबार

हिमाली गाउँपालिकामा कुपोषण हटाउने अभियानमा शुरु
  • न्युज मानसराेवर

सुदुरपश्चिम \बाजुराको  सर्वाधिक विकट मानिएको हिमाली गाउँपालिकाले पछिल्लो समय सडक सञ्जालमा जोडिएसँगै शिक्षा स्वास्थ्य र सामाजिक सवालमा बढी जोड दिएको देखिन्छ । खाद्य शुरक्षको लागि बृक्षरोपण कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा आएसँगै पोषण कार्यक्रममा पनि जोड दिन थालेको हिमाली गाउँपालिकाका  स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले जानकारी दिइन।

हिमाली गाउँपालिका भित्रका १००० हजार दिनका आमाहरू समूहका आमालाई गाउँपालिका आयोजनामा   एक औपचारिक कार्यक्रमबीच पोसिलो झोला तथा अण्डा र तेल  वितरण गरी अभियान शुरु गरिएको हो ।

हजार दिनका आमा र बालबालिकालाई पोषण युक्त बनाउन गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले पोसिलो झोला तथा अण्डा र तेल वितरण गरेका थिए ।  हामी फलफूल  र अण्डा वितरण हैन , अब कृषकले  फलफूल उत्पादन कुखुरा  बाख्रा पालन र  साग तरकारी आफूले खाएर विक्री गर्ने योजना ल्याएका छौँ केही वर्षमा हिमालीका जनता पोसिलो खाद्यमा आत्म निर्भर हुनेछन् अध्यक्ष मल्लको भनाई छ ।

पोषण युक्त वडा/टोल कार्यान्वयन कार्यक्रम हजार दिनका आमाहरुलाई पोसिलो झोला तथा अण्डा वितरण कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष प्रेमलाल भण्डारी प्रमुख अतिथि हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी,स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्ल, पोषण अधिकृत भावना गिरी लगायत हजार दिनका आमाहरु उपस्थितिमा  रहेको थियो ।

बाजुरामा ४० प्रतिशत भन्दा बढी बालबालिका कुपोषित रहेका छन् जिल्ला स्वास्थ्य कायृलयबाजुराका प्रमुख महेशचन्दले जानकारी दिएका छन् ।

  • २५ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech