४ बैशाख २०८२, बिहीबार

बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँके प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ का ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ परेका हुन् ।

कुर्मीलाई बाँके जिल्ला अदालतले मिति २०७९ माघ १३ गते सुनाएको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाए सुनाएको थियो ।

फरार कुर्मीलाई बाँकेको प्रहरी टोलीले बिहीवार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

  • २८ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech