१५ बैशाख २०८२, सोमबार

नेपाल बैंक र नेपालगञ्ज नर्सिङ्ग क्याम्पसबीच सम्झौता
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड ‘सिटी अफिस’ बीच सेवाग्राही कर्जाका लागि सम्झौता भएको छ । नेपालगञ्ज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बाँकेका शाखा प्रवन्धक रुपेश कुमार श्रीवास्तव बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवाग्राही कर्जाअन्तर्गत वार्षिक आधार दर बैंकको नियमानुसार ३.५ प्रतिशत दरले व्याज लिने गरी अधिकतम् पन्ध्र लाखसम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेड तथा नेपालगञ्ज नर्सिङ्ग क्याम्पस बीच भएको सेवाग्राही कर्जा सहमतिले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आगामी दिनहरुका लागि राहत भएको क्याम्पस प्रमुख सुनारले जानकारी दिइन् ।

  • ४ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech