११ बैशाख २०८२, बिहीबार

गुडिरहेको स्कार्पियोमा पहिरो खस्दा ३ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ। गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियोलाई पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेको उकालोमा सुख्खा पहिरोले च्यापेको थियो।

जिपमा सवारमध्ये ८ जनाको उद्धार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पहिरोमा च्यापिएकाहरूलाई जेसीबीको सहयोगमा बाहिर निकालिएको थियो। मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

  • १३ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech