१२ श्रावण २०८१, शनिबार

कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर हुने
  • न्युज मानसराेवर

बाँके\कोहलपुर नगरपालिका वडा नं. ९ हवलदारपुरस्थित कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । सेवाग्राहीहरुको माग बमोजिम हस्पिटलमा पहिलो पटक निःशुल्क दन्त तथा मुख सम्बन्धि उपचारको शिविर सञ्चालन गरिन लागेको हो ।

असोज ३ गते हस्पिटल परिसरमा एक दिने निःशुल्क दन्त तथा मुखको निःशुल्क शिविर सञ्चालन गरिन लागेको अस्पतालले यस सम्बन्धि विरामीहरुलाई सेवा लिन आग्रह गरेको छ । हस्पिटलले विरामी स्याहार सुसारमा गुणस्तरियता दिएको हुनाले जनताको मन जित्न सफल भएको कौशल्या हस्पिटलमा विरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।

हस्पिटलमा हरेक प्रकारको उपचारमा विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिने भएको हुनाले गुणस्तरीय सेवामा तत्पर रहेको हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र बहादुर महतोले बताए ।

दन्त तथा मुख सम्बन्धि निःशुल्क सेवा असोज ३ गते बुधवार विहान ८ बजेदेखि ३ बजेसम्म सेवा लिन सकिने हस्पिटलले जनाएको छ । दन्त तथा मुख सम्बन्धि विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिने भएको हुनाले मौकाको फाइदा लिन अस्पतालले अनुरोध गरेको छ ।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech