कोहलपुर\बाँकेको कोहलपुर नगरपालिकामा ८ औं संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।कोहलपुर नगर स्तरीय युवा क्लब र बाल क्लबको संयुक्त आयोजनमा कोहलपुरको न्यूरोडमा भव्यका साथ दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।
कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथ्यतामा भएको दिप प्रज्वलन कार्यक्रममा उपप्रमुख संगिता सुवेदीको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा बाल क्लबका अध्यक्ष नरेश रावल र युवा क्लबका अध्यक्ष रमेश वर लगायत पदाअधिकारी तथा सदस्यहरु र संघसंस्थाका प्रतिनिधिहरुको समेत बाख्लो उल्लेखनिय सहभागिता थियो ।