९ बैशाख २०८२, मंगलवार

कोहलपुरमा खुल्ला फुटबल प्रतियोगिता सम्पन्न
  • न्युज मानसराेवर

बाँके\कोहलपुर ३ किरण खोलामा जारी खुल्ला फुटबल प्रतियोगिता २०८० सम्म्पन्न भएको छ । असोज ८ गते बाट संचालन भएको खुल्ला फुटबल प्रतियोगिताको उदघाटन सत्र माननिय सुर्य ढकाल बाट गरिएको थियो।
समापन सत्रको कार्यक्रमको प्रमुख अतिथी कोहलपुर ४ का वडा अध्यक्ष मुबारक अलि गुजर ले खेल को माध्यम बाट कोहलपुरको पहिचान बनाउन थप पुल को काम गरेको बताए । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन गरिएको फुटबल प्रतियोगितामा १३ टिमको प्रतिस्पर्धामा अन्तिम वि.भि.एम कोहलपुर र एच .वाई.सि  मदन मदनचोक बिच फाईनल खेलमा एच .वाई.सि ले ४ गोल गर्दै बिजेताको ट्रफी उचाल्न सफल भयो भने २ गोलमा अबिजित रहदै उपबिजेता बन्यो वि.भि.एम कोहलपुर ।
प्रथम हुनेले ट्रफी मेडल सहित सहित ५१,५०० पुरुस्कार राशि प्राप्त गर्यो भने उपबिजेता वि.भि.एम ले ३१५०० नगद सहित ट्रफी र मेडल प्राप्त गरेको मानस शाहिले बताए ।सिर्जनशिल क्लबका अध्यक्ष बिनोद कठायतको अध्यक्षतामा संचालित फुटबल प्रतियोगिता समापन सत्रमा कोहलपुर ३ का वडा सदस्य खुमा चन्द , समाज सेबि युवा नेता केशब शाही ,युवा समाजसेबि नेता मान बहादुर बुढा लगायत खेल प्रेमी दर्शनको बाक्लो उपस्थित रहेको कार्यक्रमको संचालन कल्पना कार्कीले गरेकी थिइन।

  • १५ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech