५ बैशाख २०८२, शुक्रबार

बाँकेका दुई वरिष्ठ स्रष्टा सम्मानित
  • न्युज मानसराेवर

बाँके\विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशले नेपालगन्जमा कृति विमोचन, विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाँकेका १४ जना लघु कथाकारहरूद्वारा संयुक्त रूपमा तयार पारिएको बाँकेका प्रतिनिधि लघुकथाहरू नामक लघुकथा सङ्ग्रहको विमोचन गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मी, लुम्बिनी विश्वविद्यालय सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरे, लेखक नरेन्द्रजंग पिटर, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्की, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले लघुकथाको संयुक्त रूपमा विमोचन गरे ।

सोही कार्यक्रममा लघुकथा लेखनमा विशेष योगदान पु¥याएको भन्दै महासङ्घले साहित्यकार छविलाल खड्का मगर र किरण आचार्यलाई सम्मान गरेको थियो ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech