२९ भाद्र २०८१, शनिबार

बाँकेमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु
  • न्युज मानसराेवर

बाँके \बाँकेको खजुरामा माछाको सुरक्षाका लागि पोखरीमा फिट गरिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार जिल्लाको खजुरा गाउँपालिका –१ का पूर्ण लम्सालले आफ्नो माछा पोखरीको सुरक्षाका लागि व्यवस्थापन गरिएको  करेन्ट लागेर सोही वडाका सविन रानाको मृत्यु भएको हो ।

माछा चोरी हुन थालेपछि लम्सालले पोखरी वरिपरि करेन्ट व्यवस्थापन गरेका थिए ।  जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको प्रहरीले उल्लेख गरेको छ ।  रानाको शवसँगै माछा मार्ने जाल पनि फेला परेकाले राना लुकीछिपी माछा मार्न गएको आशङ्का गरिए पनि सो बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धानपछि मात्र वास्तविक कुरो पत्ता लाग्ने प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन।

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech