५ बैशाख २०८२, शुक्रबार

मुस्ताक अहमद साहको निधन
  • न्युज मानसराेवर

बाँके\बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि उपचारको क्रममा भारतको दिल्लीस्थित मेक्स अस्पतालमा भर्ना हुनुभएका सुफी सन्त साहको विहीबार राति उपचारकै क्रममा निधन भएको उनका भाइ तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बताए ।

बाँकेमा हिन्दु मुस्लिम एकताको प्रतीकको रुपमा रहेको नरैनापुरको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद साहको मजार शरीफको उहाँ उत्तराधिकारी हुनुहुन्थ्यो ।

साहले कुरानका साथै श्रीमद् भगवद गीताको पनि अध्ययन समेत गरेका थिए । साहको शवलाई भारतको दिल्लीबाट बाँकेको नरैनापुर ल्याईंदैगरेको जनाउँदै पालिका अध्यक्ष साहले शुक्रवार बेलुकीसम्म शव नरैनापुर ल्याइने र शनिवार विहान ११ बजे ईस्लामिक परम्पराअनुसार नरैनापुर २ मा अन्तिम संस्कार गरिने जानकारी गराए ।

  • ८ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech