बाँके\बाँके क्षेत्र नम्बर ३ १ क बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले एकवर्षे कार्यकालको समीक्षा गर्न स्थानीय मतदातासँग प्रदेश सांसद जनतासँग कार्यक्रम संचालन गरेका छन।
उक्त निर्वाचन क्षेत्र अन्तगर्त पर्ने १२ वटा वडाहमा खत्रीले जनतासँग प्रदेश सांसद कार्यक्रमको आयोजना गरिएको लुम्बिनी प्रदेश सदस्य घननाथ खनालले बताएका छन। उक्त निर्वाचन अन्तगर्त बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका गरी करिब ६५ वटा टोलहरुमा उक्त कार्यक्रम संचालन हुने छ । पार्टी हाल त्यसैमा केन्द्रित रहेको बैजनाथ गाउँ कमिटी सचिव प्रेम सुवेदीले बताएका छन।
आज बैजनाथ गाउँपालिका वडा नं.१ स्थित चिसापानीका विभिन्न टोलहरुमा सांसद खत्रीले निर्वाचनमा गरिएका बाचाहरु बजेट मार्फत स्थानीय जनतासँग अन्तरसंवाद गरेका छन। उक्त अन्तरसंवाद कार्यक्रममा खत्रीले निर्वाचनमा गरिएका बाचाहरु यहाँहरु माझा यहाँहरुले भनेका योजनाहरुमा बजेट विनियोजन गरेरे आएको छु ।
बजेट विनियोज गरिएको छ’अब यहाँहरुले उक्त आयोजनामा केन्द्रित भएर लाग्नुहोस्’ खत्रीले भनेका छन।
प्रदेश सांसद जनतासँग कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकालले मध्यवर्ती क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न केन्द्रिय स्तरमा सांसदहरुको समुह निमार्ण गरिएको बताए ।
उनले प्रदेश सांसद जनतासँगको कार्यक्रमले जनता र नेतृत्व विचको सम्बन्ध सर्दै कायम हुने विश्वास व्यक्त गरे। उनले सांसद खत्रीले बाँके जिल्लामा नै नमुना कार्य गरेको बताएका छन। कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य घननाथ खनाल स्थानीय वडा कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय सहभागिहरुले आफ्ना थप विकासका माग गर्नुका साथै प्रदेश सांसद खत्रीलाई धन्यवाद समेत दिएका छन।