१२ श्रावण २०८१, शनिबार

लागुऔषध सहित २ जनालाई प्रहरीले गर्यो नियन्त्रण
  • न्युज मानसराेवर

कोहलपुर\ईलाका प्रहरी कार्यालय कोहलपुरबाट घटिएको टोलिले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

शनिबार रात्रि ८ः४५ बजे  कोहलपुर नगरपालिका वडा नं.८ स्थित  पिपिरी बाट लागु औषध सहित दुई जनालाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले  जनाएको हो ।  स्थानीय रेवन्ती रानाको घर तथा चेकजाँचका क्रममा बा ५ प८२२५ नम्बरको कार बाट चरेस जस्तो देखिने १२ किलो ७०४ ग्राम कालो पदार्थको साथै अफिम जस्तो देखिने२किलो ६६ ग्राम कालो गिलो पदार्थ नियन्त्रण गरिएको प्रहरीले उल्लेख गरेको छ ।

उक्त लागुऔषध सहित नियन्त्रणमा लिइएको बविता थापा र रेवन्त राना श्रीमान श्रीमति रहेको खुलेको र उनीहरुलाई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

  • १७ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech