९ बैशाख २०८२, मंगलवार

देशका पहाडी भू-भागमा वर्षाको सम्भावना,तराईमा हुस्सु र कुहिरो
  • न्युज मानसराेवर

बाँके\जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज बिहान कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको जनाउँदै महाशाखाले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

महाशाखाले राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ।महाशाखाको हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने जनाएको छ।

  • २२ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech