१२ श्रावण २०८१, शनिबार

भ्रष्टाचारविरुद्ध ‘नेपालगन्ज वाकाथन’ सम्पन्न
  • न्युज मानसराेवर

बाँके\भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध सर्वसाधारणलाई सचेत पार्ने उद्देश्यले बाँकेको नेपालगन्जमा ‘नेपालगन्ज वाकाथन’ आयोजित कार्यक्रम  सम्पन्न गरिएको छ ।

बागेश्वरी असल शासन क्लबले आयोजना गरेको सो वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट वितरण गर्दै स्थानीय गणेशमान चोकबाट र्‍याली सुरु गरेर धम्बोझी चोकमा पुगेर वाकाथन समापन गरिएको छ ।

तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगन्जको परिचय बढाउने आयोजकको विश्वास छ । सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष सो दिवस मनाउने प्रचलन नेपालगन्जमा थालनी गरेको आयोजक वास नेपालका निर्देशक नमस्कार शाहले जानकारी गराएका छन।

वाकाथनको समापनमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भ्रष्टाचारको विभिन्न कारण भएको हुनाले यसको कारण पत्ता लगाएर निर्मूल गर्न आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचारको मुख्य कारण धेरै धनआर्जन गर्ने प्रतिस्पर्धा रहेको उहाँले जानकारी गराउँदै यसलाई कम गराउन अति आवश्यक रहेको उल्लेख गरेका छन।

भ्रष्टाचारविरुद्धको वाकाथनमा विभिन्न स्कुलका विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अपाङ्गता भएका र पत्रकारलगायतको सहभागिता थियो ।

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech