१२ श्रावण २०८१, शनिबार

एमालेको १३ प्रश्न सहित लुम्बिनी सरकारलाई ज्ञापनपत्र
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले कांग्रेस–माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरी बढेको भन्दै लुम्बिनी सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लीला गिरी नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १३ प्रश्न समावेश ज्ञापनपत्र बुझाएको छ ।

 

एमालेले ज्ञापनपत्रमा सरकारलाई सोधेका १२ प्रश्न पढ्नुहोस्

१) किन बढिरहेछ बेथिति र मनपरी ?

२) किन प्रभावकारी छैनन् सरकारका सार्वजनिक सेवा प्रवाह ?

३) संसदीय समितिहरुलाई किन पूर्णता दिइएको छैन ?

४) प्रमुख प्रतिपक्षी दलसंग गरिएका सहमतिको किन कार्यान्वयन भएन ?

५) अति जरुरी तहका क्रमागत योजना समेत किन निश्प्रभावी बनाइयो ?

६) खानेपानीजस्तो अति संवेदशील योजनाहरु किन रोकिएका छन् ?

७) विगत आर्थिक वर्ष ०७८÷७९ को बाँकी बक्यौताको भुक्तानी हालसम्म किन भएन ?

८) बेथिति र भ्रष्टाचारमा बारम्बार वर्तमान गठबन्धन सरकार नै किन जोडिन्छ ?

९) वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा देखिएको निराशा, अन्यौल र आक्रोशको शिकार संघीयता कहिलेसम्म भइरहने ?

१०) योजना छनौट, बजेट विनियोजन र कार्यान्वयमा पूर्वाग्रह र मनपरी किन ?

११) सरकार विस्तारका नाममा मन्त्रालयको संख्या बढाउने कुराले सुशासनको प्रत्याभूतिलाई कहाँ टेवा पु¥याउँछ ?

१२ लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था किन अलपत्र पारिएको छ ?

१३) बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमको हामी घोर विरोध गर्दछौं र यस बारेमा सरकारको धारणा यथाशीघ्र आओस् भन्ने चाहन्छौं ।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech