५ बैशाख २०८२, शुक्रबार

बाजुरामा गर्भवती महिलामाथि बलात्कार, एकजना पक्राउ
  • न्युज मानसराेवर

सुदुरपश्चिम डेक्स\बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।  जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक गर्भवती महिलामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ ।

उनीविरुद्ध अदालतबाट म्याद समेत थप भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले जानकारी दिए । पुस १० गते महिलामाथि बलात्कार गरेको भन्दै तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको थियो ।प्रहरीले सोही घटना सँग अर्को घटना पनि जोडिएपछि पीडित महिलाका श्रीमान् र देवरलाई पनि नियन्त्रणमा दिएको छ ।

एक पक्षले जबरजस्ती करणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने अर्का पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ । दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech