१५ बैशाख २०८२, सोमबार

चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए
  • रासस

हुम्ला- चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

सर्केगाड गाउँपालिका-६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए। गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए।

हिन्दु परम्पराअनुसार मृतक बुढाथोकीको आज (शुक्रबार) अन्तिम दाहसंस्कार गरिएको भक्तराजले जानकारी दिए।

  • २१ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech