बैजनाथ,बाँके: बाँकेको बैजनाथमा प्रदेश सभा सदस्य गोल्ड कप प्रतियोगिता सोमवारदेखि बैजनाथ ४ विकासनगरमा शुभारम्भ गरिएको छ । ”खेलकुदको विकासमा सहकार्य गरौं बाँके क्षेत्र नं. ३ क लाई खेलकुद पर्यटन शहरका रुपमा विकास गरौं” भन्ने मुल नाराका साथ आयोजित पालिका स्तरिय गोल्ड कप प्रतियोगिताको लुम्विनी प्रदेशका सभाका भौतिक योजना मन्त्रि धर्म बहादुर चौधरीले खेलाडिहरुलाई फुटवल हस्तान्तरण गर्दै उदघाटन गरेका छन ।
उदघाटन शत्रलाई सम्बोधन गर्दै मन्त्रि चौधरीले बैजनाथ किसान आन्दोलनका अगुवा सहिद किसान बैजनाथ चौधरीको नामबाट नामाकरण गरिनु धर्तिपुत्र थारुहरुको पहिचानमा सम्मान गरिनु भएको भन्दै पहिचान सहित नामांकरण भएको यस पालिकामा हुने भौतिक विकासमा मात्र नभई यहाका जनताको चाहना बमोजिमका विकास कार्यमा हातेमालो गर्न आफु तल्लिन रहेको बताए ।
बैजनाथलाई देशकै नमुना गाउँपालिका वनाउन समेत आफुले बैजनाथ पालिकालाई रोजेको उल्लेख गर्दै यस निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदसँग समेत आफनो सहकार्य भईरहेको भन्दै विकासका अपुरा कामहरु बजेटान्तर गरेर भएपनि यसैबर्ष भित्र पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
”युवा अवस्था कि बन्ने कि सक्किने ”अवस्था समेत भएको औंल्याएका मन्त्रि चौधरीले युवाहरुको उर्जावान श्रमलाई खेलका माध्यमबाट ब्यबसायिकीकरण राज्यले नै गर्ने दायित्व भएको जिकिर गरे । आम्दानिका श्रोतहरु पहिचान गरि युवाहरुलाई ब्यबसायिक खेलकुदमा आकर्षण गरेर बिभिन्न कुलत र कुसंगतको अन्त्य गर्न खेलको पाटो अत्यन्त महत्वपुर्ण रहेकोमा जोड दिए ।
बाँके क्षेत्र नं. ३ क का सांसद रत्न खत्रिले खेल आयोजनाकाबारे औचित्य पुष्टि गर्दै विकास निर्माणका कार्यक्रमहरु निरन्तर चलिरहने उल्लेख गर्दै गाउँ गाउँमा युवाहरुलाई खेलसंग जोडेर विकाससंगै युवाहरुलाई जागरुक र देश चिनाउने खेलाडि निर्माणमा टेवा पुग्ने गरि खेलाडि उत्पादन गर्नु आफनो सपना रहेको जिकिर गरे ।
थारु सांस्कृती संरक्षणलाई समेत आफुले पहिचानको पाटोसंग जोडेर माघि मिलन तथा प्रदेश सभा सदस्य गोल्ड कपको परिकल्पना गरेको उल्लेख गरे ।आफुले निर्वाचनका बेला गरेका प्रतिबद्धता बमोजिमका विकास निर्माण, स्वास्थ्य, शिक्षा एवं युवाहरुलाई जोड्ने सेतुको रुपमा रहेको खेल बिधालाई समेत आफनो कार्यकालमा मात्र नभएर आउदा दिनहरुमा समेत नजिरका रुपमा स्थापित गर्न चाहेको जिकिर गरे ।
बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहिले समेत प्रतियोगिताको सफलताको कामना गरेको उक्त गोल्ड कप उदघाटन शत्रमा बानियाभार महिला पञ्चेवाजा, सिंगारु वाजा, बिभिन्न थारु भाषाका भेषभुषा सहितको झाकि समेत प्रस्तुत गरिएको थियो ।
बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा माघ १५ गते देखि २६ गते सम्म चल्ने माघि मिलन तथा प्रदेश सभा सदस्य गोल्ड कप प्रतियोगितामा बिभिन्न १९ क्लवका युवाहरुविच टाईसिट बमोजिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसैगरि ब्यवसायि कर्ण कठायतको मुख्य प्रायोजनमा आयोजित गोल्ड कप प्रतियोगिताको सह प्रयोजक नेपालगञ्ज रियल स्टेट प्रा.लिका गगन थारु रहेका छन ।
माघि मिलन समेत रहेकाले प्रतियोगिता अवधिभर दर्शकहरुले स्थानिय थारु जातिका परिकारहरु, बिभिन्न सांस्कृतिक बिधाहरुबाट समेत भरपुर मनोरञ्जन लिन सक्ने आयोजक क्लव बानियाभार स्मार्ट युवा क्लवले वताएको छ । उदघाटन शत्रको खेल आयोजक क्लव बानियाभार स्पोर्ट युवा क्लव र न्यु आदर्श युवा क्लव विच भएको थियो ।