२८ भाद्र २०८३, आईतवार

बाँकेको दुर्गममा स्वास्थ्य शिविर
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको ८७ औं जन्मजयन्तीको अवसरमा बाँकेको सबैभन्दा दुर्गम र पिछिडिएको नरैनापुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य सेवाको पहुँच कम भएको नरैनापुर गाउँपालिका– ५ मटेहियामा नेपाली कांग्रेस बाँकेको आयोजना तथा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सह–आयोजना एवम् शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको प्राविधिक सहयोगमा मङ्गलबार निःशुल्क स्वास्थ्य शिविर गरिएको कांग्रेस बाँकेका सभापति नारायण गौडेलले जानकारी गराए।

उनले सो शिविरमा खासगरी नसर्ने रोगको बारेमा परामर्श सेवा प्रदान गर्नुका साथै पाँच सयभन्दा बढी स्थानीयको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको बताए ।स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका स्थानीयवासीलाई गाउँघरमै स्वास्थ्य सेवा पुरयाउन शिविर महत्त्वपूर्ण भएको सभापति गौडेलले उल्लेख गरे।उक्त शिविरमा मिर्गौला रोग विशेषज्ञ डा।सौरभसिंह हमाल र कन्सल्टेन्ट फिजिसियन डा।प्रतिभा भण्डारी लगायतको टिमले स्थानीयको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी बिरामीले सेवा लिएको जनाउँदै मिर्गौला रोग विशेषज्ञ डा।हमालले शिविरमा आएका अधिकांशमा प्रेसर, सुगर, दम, छाला, शरीर दुख्ने लगायतका स्वास्थ्य समस्या बढी देखिएको बताए ।

सो शिविरमा नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र साहलगायतको टिमले समेत सहजीकरण गरेको स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले जानकारी गराए ।स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज वलीबका अनुसार शिविरमा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमलगायतको स्वास्थ्यकर्मीको टिम समेत पुगेको थियो ।

शिविरको उदघाटन कार्यक्रममा पूर्व प्रदेशमन्त्री सुरेन्द्र हमाल, कांग्रेसका क्षेत्रीय सभापति पोषण केसी, वडा अध्यक्ष कृष्णचन्द्र मौर्यलगायतले स्थानीयले गाउँघरमै स्तरीय स्वास्थ्य सेवा पाएकोमा खुशी व्यक्त गरे। यसैगरी, स्वास्थ्य शिविरमा कांग्रेस बाँकेका सहसचिव रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बस्नेत, कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको पनि सहभागिता रहेको थियो ।

  • २९ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech