कोहलपुर,बाँके: बाँकेको खजुरामा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिले मृतकका परिवारलाई ११ लाख विमा वापतको क्षतिपुर्ति वितरण गरेको छ । आफ्नो सदस्यको करेन्ट लागेर मृत्यु भए पश्चात् मृतकका परिवारलाई स्वाभिमानले क्षतिपूर्ति बापत ११ लाख बढी रकम उपलब्ध गराएको हो ।
खजुरा गाउँपालिकास्थित स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले खजुरा गाउँपालिका २ सीगाउँका राम दिन कुर्मीलाई बिमा क्षतिपूर्ति बापतको ११ लाख २७ हजार रुपियाँको चेक उपलब्ध गराएको शाखा प्रमुख सूर्यकान्त मौर्यले न्युज मानसरोवरलाई जानकारी दिएका छन ।
मौर्यका अनुसार लघुवित्तको सदस्य रहनुभएकी राम दिन कुर्मीको श्रीमती रुपाकुमारी कुर्मीको गत असोज १६ गते विद्युतको करेन्ट लागेर मृत्यु भएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मृतकका परिवारलाई बिमा बापतको क्षतिपूर्ति रकम उपलब्ध गराइएको हो । एक कार्यक्रमका विच खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफानले मृतकका श्रीमान् राम दिन कुर्मीलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका थिए ।