११ मंसिर २०८१, मंगलवार

किसान महासंघको कोहलपुर नगर अध्यक्षमा भण्डारि

किसानमैत्रि निति बनाई तिनै तहका सरकारहरुले ब्यबहारमा नै निति लागु गरि कार्यान्वयनमा ल्याउनुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ कोहलपुर नगर कमिटीको अध्यक्षमा सुमित्रा भण्डारी सर्वसम्मत चयन भएकी छन् ।

शुक्रबार आयोजित तेस्रो सम्मेलनले भण्डारी सहित २१ सदस्यीय कमिटी चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष भण्डारिले उक्त अवसरमा बोल्दै आफ्नो आगामी कार्यकालमा किसानहरुको हकहित, उत्पादित बस्तु वजारिकरण र किसानका तमाम समस्याका बिषयलाई पैरवी गर्ने प्रतिबद्धता ब्यक्त गरिन।

कोहलपुर नगरपालिका भित्रका १५ वटै वडाका किसानलाई आवश्यक पर्ने मलखाद, विउ विजन तथा सिंचाई लगायतका समस्या समाधान गर्न आफू निरन्तर खटिने भन्दै भण्डारिले श्रमजिवि किसानहरुको उत्थान नभए सम्म समाजमा आर्थिक गतिविधि चलायमान नहुने समेत धारणा राखिन ।

‘सम्पूर्ण श्रमजीवी किसान एकजुट होऔँ’ भन्ने मूल नाराका साथ आयोजि तेस्रो सम्मेलनमा बोल्दै अखिल किसान महासंघ केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेलले स्थानिय जनातालाई स्थानीय उत्पादन उपभोग गर्न र आफ्नो उत्पादनमा जोड दिन आग्रह गरेकी थिइन् ।

कोहलपुरका चुलाहरुमा अझैपनि भारतका खाद्यान्न पाक्ने गरेको तितो यर्थात हाम्रो सामु रहेको भन्दै लुम्विनी प्रदेशका पुर्व भुमि ब्यबस्था तथा सहकारी मन्त्रि समेत रहेकी पौडेलले किसान समक्ष कुरा मात्र हैन किसानमैत्रि निति बनाई तिनै तहका सरकारहरुले ब्यबहारमा नै निति लागु गरि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिईन ।

किसानका उत्पादन, बिक्री वितरण र समग्र नगरभित्रका किसानलाई समेटेर अघि बढ्नुपर्ने आजको आबश्यकता हो पौडेलको थप भनाई रहेको छ ।

शुक्रबारबाटै तीन महिने किसान अभियान सुरु भएको अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष कृष्ण विक्रम केसीले जानकारी दिए । यस वर्ष बाँके जिल्ला भरिबाट १० हजार किसान सदस्य बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको उनको दावि छ ।

नवनिर्वाचित कोहलपुर नगर कमिटीले किसानमैत्रि काम गर्नेमा आफु विश्वस्त रहेको भन्दै अध्यक्ष केसिले कमिटीले आगामी दिनमा कोहलपुर नगरपालिकाभित्र रहेका किसानका समस्या पहिचान गर्न र सम्बन्धित निकायलाई झकझक्याउन समेत आग्रह गरे । निर्वाचित पदाधिकारीहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य मोती भुसालले सपथ ग्रहण गराएका थिए ।

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech