साथै संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रविबीचको आरोप-प्रत्यारोपले त्यो कुरा पुष्टि गरेको उल्लेख गरेका छन्।
‘रास्वपाको नेतृत्व पछिल्लो समय समयमा पासपोर्ट काण्ड, अडिओ प्रकरण, सहकारी काण्ड जस्तामा निरन्तर मुछिँदा यसको नेतृत्व पुराना पार्टीको चक्रव्युह र घेरामा परिसकेको अवस्था छ,’ राउतले प्रतिवेदनमा लेखेका छन्, ‘राज्यको वा पुराना पार्टीको विरोधमा गए ती मुद्दाहरुलाई समातेर जतिखेर पनि पक्राउ गर्ने र जेल हाल्ने प्रबल सम्भावना छ, जसका कारणले पनि पछिल्लो समयमा देशका ठूला भ्रष्टाचारका काण्डहरूमा समेत रास्वपा मौनधारण गरेर बस्नुपरेको छ।’
‘त्यसैले रास्वपा बाध्यात्मक अवस्थामा छ, जनतालाई देखाउनका लागि दुई–चार शब्द बोले पनि ठोस् रुपमा पुराना पार्टी र नेताहरूको विरोधमा जान सक्दैन,’ राउतले प्रतिवेदनमा निष्कर्ष निकालेका छन्।