२१ बैशाख २०८१, शुक्रबार

सिमसार दिवसका अवसरमा आज सुतैया कन्वा तालमा बिशेष कार्यक्रम हुदै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरामा रहेको हरित सस्था एलुमुनि एसोसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्टले यस वर्षको विश्व सिमसार दिवस २०८० को अवसरमा सिमसार संरक्षण कार्यक्रम बुधवार आज र भोलि मनाउने जनाएको छ ।

हरेक वर्ष फेब्रुअरी २ मा मनाइने विश्व सिमसार दिवस यो वर्ष बाँके जिल्लाको बैजनाथमा अवस्थित सुतौया कन्वा तालमा विभिन्न कार्यक्रमहरु गरि मनाइन लागेको सघंका अध्यक्ष धिराजन परियारले न्युज मानसरोवरलाई बताए ।

यो वर्ष “सिमसार- मानव हितको आधार ” भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा फेब्रुअरी २ मा यो दिवस मनाइएको र उक्त दिवसलाई मध्यनजर गर्दै बैजनाथ गाउँपालिका वार्ड नम्बर ३ अवस्थित सुतौया कन्वा तालको दीगो विकास, संरक्षण र व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यलय बाके, बैजनाथ गाउँपालिका बाके,देउराली जन आश्रीत मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह तथा अन्य संघ सस्थाको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।

सिमसारले पर्यावरण सन्तुलन, पानी शुद्धिकरण, वन्यजन्तुको बासस्थान, मनोरञ्जन,अनुसन्धान तथा शैक्षिक गतिविधिमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ। सिमसार मुख्यतः पानीमा आश्रीत चरा,जिवजन्तुको लागि नभई नहुने तत्व हो ।

यस कार्यक्रमलाई भव्यरुपम सफल पार्नका लागि संघका सबै सदस्यहरु आ आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको वताईएको छ । माघ २४ र २५ गते सम्पूर्ण संरक्षणकर्मि , संरक्षनप्रेमी , बुद्दिजीवी तथा विद्यार्थी युवाहरुलाइ उपस्थित भइ सिमसार संरक्षणको लागि हातेमालो गरी कार्यक्रम सफल पार्न सहयोगको लागि सघंले अपिल समेत गरेको छ ।

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech