२१ बैशाख २०८१, शुक्रबार

‘टुर दि ठाकुरद्वारा’मा दुई सय बढी साइकलयात्री सहभागी हुने
  • न्युज मानसराेवर

बाँके\६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिएका छन।

नेपालगन्ज साइक्लिङ क्लबले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धनका लागि विगत ६ वर्षदेखि टुर दि साइकलयात्रा सञ्चालन गर्दै आएको छ ।

२६ गते बिहान नेपालगन्जको बागेश्वरीबाट सुरु हुने यात्रा बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीयस्थल पुगेर ठाकुरद्वारा पुग्नेछ । यात्रामा सहभागी हुने साइकलयात्रीहरुमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दैआएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी भनेका छन। टुर दि ठाकुरद्वारा साइकल यात्राको अघिल्लो दिन बिहीबार बिहान नेपालगञ्जको वाटरपार्कमा किड्स साइकल दौड सञ्चालन गरिएको छ ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech