११ मंसिर २०८१, मंगलवार

समाज परिवर्तन गर्ने हुटहुटि हुदा पनि भ्रष्टहरुको जालो बाधक :यादव

बैजनाथ ६ दाउरेटोलका जनताले अझै पाएनन जग्गाको स्वामित्व

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: लुम्विनी प्रदेशका भुमि ब्यबस्था तथा कृषि मन्त्रि माननिय भण्डारीलाल यादवले समाज परिवर्तन गर्न आफुले चाहेर पनि गर्न नसकेको जिकिर गरेका छन ।विकास निर्माण र समाजका हरेक परिवर्तन गर्न खोज्दा भ्रष्टहरुको जालो च्यात्न निकै कठिन भएको उल्लेख गर्दै मन्त्रि यादवले सिमित अधिकार, अधुरा कानुनले गर्दा आफुले भुमिहिन किसान तथा सुकुम्वासिहरुका तमाम समस्या समाधान गर्न नसकिएको बताएका छन ।

खाद्य अधिकार मञ्च नेपाल लुम्विनी प्रदेशको आयोजनामा बैजनाथ ६ दाउरेटोलमा आज आयोजित भुमिहिन तथा सुकुम्वासिहरुको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि यादवले उक्त कुरा बताएका हुन ।

हरेक सरकारी निकायहरुमा कमिशनको खेल चल्ने गरेको आफनो तितो अनुभव रहको वताएका मन्त्रि यादवले जनताले खबरदारि नगर्ने हो भने गाउ सम्म कुनैपनि विकासका योजनाहरु नआउने ठोकुवा गरे ।

बाँके जिल्ला भरि खानेपानीका संरचनाहरु सम्पन्न हुन नसक्नुका पछाडि समेत भ्रष्टहरुको जालो नै भएको उल्लेख गरेका यादवले सुकुम्वासिहरुलाई लालपुर्जा उपलब्ध गराउन समेत कानुनहरु बाधक भएको बताए ।

दलित सुकुम्वासि, सुकुम्वासि र अब्यबस्थित बसोवासिहरुको नाममा नापजाँच कार्य जारि रहेको भएपनि लालपुर्जा अझै उनीहरुको हातमा नपरेको भन्दै यादवले संघियता आएको भएपनि अधिकार सम्पन्न प्रदेश नहुदा क्याविनेटमा आवाज उठाउने मात्र थलो भएको प्रष्ट पारे । स्वायत्त रुपमा प्रदेशले समेत कानुन वनाउन पाए मात्र तमाम किसान तथा भुमिहिनहरुको मुद्धा सम्वोधन गर्न सकिने भन्दै मन्त्रि यादवले मौजुदा कानुनले लालपुर्जा वितरणलाई बाधा पारिररहेको जिकिर गरे ।

खाद्य अधिकार सञ्जाल लुम्विनी प्रदेश संयोजक सुरेश गौतमले जनताको आधारभुत अधिकार खान पाउनुपर्ने भएको उल्लेख गर्दै गास,बास र कपासको ग्यारेन्टि राज्यले नै गर्नुपर्ने बताए । उनले पहुचमा पुग्नेहरुले दैनिक ज्यालादारि गरि खानेहरु दलित, सुकुम्वासिका समस्याहरु सम्बोधन गर्न आलटाल गरिरहेको बताउदै जनताहरु नै आफना अधिकारका लागि जागरुक हुनुपर्ने धारणा राखे । २०३६ सालमा बसोवास गरेको दाउरे वस्तिमा मनमोहन अधिकारीको सरकारले १० कठ्ठा जग्गा ब्यबस्था गरेको भएपनि आज सम्म उक्त जग्गाको स्वामित्व जनताको हुन नसकेको भन्दै गौतमले यथाशिघ्र निशुल्क रुपमा लालपुर्जा वितरण गरिनुपर्नेमा जोड दिए ।

गौंथली सामुदायिक वन समुहको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष गोपाल पुन, खाद्य अधिकारपालिका सञ्जालकी अध्यक्ष एकता शाह, वन समुहका अध्यक्ष धन बहादुर रोकाय, समुदायका लाल कुमारी कामि, तुलसा बाँठा, गंगा सुनार लगाएतका अतिथीहरुले मन्त्रि आदवलाई आफना समस्याबारे अवगत गराएका थिए ।

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech