७ मंसिर २०८१, शुक्रबार

कोहलपुरमा पनि धुमधामले मनाईयो वसन्त पञ्चमी
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुले आज विशेष कार्यक्रमको आयोजना गर्दै अक्षरारम्भ तथा सरस्वती पुजा / वसन्त पञ्चमी धुमधामले मनाएका छन ।

विद्याकी देवी सरस्वतीको पुजा गर्नाले धन दौलत र विद्या बढछ भन्ने जनविश्वासका साथ उहा स्थित विद्यालयहरुले सरस्वती देवीको पुजा गर्दै विद्यालयमा स साना नानी बाबुहरुलाई आजैका दिनदेखि अक्षरारम्भ समेत गराएका हुन ।

कोहलपुर ११ मा रहेको वाल ज्योती स्कुलले बसन्त पञ्चमीका अवसरमा अक्षरारम्भका साथै सांस्कृतीक कार्यक्रमको आयोजना गरि सरस्वती देवी पुजालाई बिशेष तरिकाले मनाएको विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले बताएका छन ।

यसैगरि कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले समेत विद्यालयमा बिशेष कार्यक्रमको आयोजना गर्दै बसन्त पञ्चमी मनाएको विद्यालयका अध्यक्ष विष्णु प्रसाद बेल्वासेले जनाएका छन ।

यसैगरि विद्याकी देवी सरस्वतीको समता स्कुल कोहलपुर,दीपज्योति माध्यामिक विद्यालय, गोरखा युनाईटेड स्कुल, ग्रिन पिस, राम जानकी, त्रिभुवन मावि, डायनामिक स्कुल, एभरेष्ट सैनिक, शिखा एकेडेमी, नमुना विद्या सदन, वाल विद्या, लगाएतका सरकारी तथा निजि विद्यालयहरुमा समेत वसन्त पञ्चमी मनाईएको छ ।

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech