११ मंसिर २०८१, मंगलवार

रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यू
  • न्युज मानसराेवर

काठमाडौँ : सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको इशनाथ नगरपालिकामा आज कर्फ्यू लगाइएको छ। इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यू लगाएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको जानकारी दिए। कर्फ्यू लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा र्‍याली निकाल्न प्रतिबन्ध लगाइएको छ।

इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यू लगाइएको स्थानीय प्रहासनले जनाएको छ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech