कोहलपुर,बाँके: बाँकेको कोहलपुरबाट वालिका बलत्कार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर १० मा डेरा गरि वस्ने रोहन नाम परिवर्तन लाई पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि बढाएको छ ।
पिडतको स्वास्थ्य परिक्षण गरि प्रतिवेदन लिईएको छ भने पिडकको डिएन परिक्षण पक्रियामा रहेको एक प्रहरीले न्युज मानसरोवरलाई बताएका छन ।
शुक्रवार दिउसो पिडितको कोठामा गई युवकले युवतीलाई जवरजस्ति वलत्कार गरेको पिडित पक्षको आरोप छ । पिडित युवतीले नजिकै रहेको एक नं. प्रहरी विटमा आफनो घटना विवरण सुनाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिई गएको प्रहरी टोलिले निजलाई निवासबाटै पक्राउ गरि अनुसन्धान प्रकृयालाई अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
यता पिडितका छिमेकीले भने पिडित भनिएकी केटिले केटालाई आफै कोठामा वोलाई सहमतिमै यौन सम्पर्क गरेको र आफन्तहरुले थाहा पाएपछि नाटकिय रुपमा बलत्कार गरेको उजुरी दिएको दावि गरेका छन । यद्यपि पिडित युवती २० बर्ष नपुगेकाले कानुन आर्कषित हुने र कारवाहि समेत हुने जानकारहरु वताउछन ।
दुवै नावालिक भएकाले निजहरुको गोपनियता खुलाईएको छैन:सम्पादक