नेपालगन्ज : लुम्बिनी प्रदेशका सांसद एवम पुर्वमन्त्री जानकी प्रसाद यादव विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यादव कपिलवस्तु-३ (२)बाट राप्रपाका निर्वाचित सांसद हुन् ।
आयोगले सांसद यादवसहित जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट,दुर्गाबहादुर कार्की,महेन्द्रराज वाग्लेसमेत गरी १९ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यू फिट काठ कटान गरी अनियमितता गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन।