१० मंसिर २०८१, सोमबार

कोहलपुरमा शहरीकरणका सम्भावित आधारहरू खोज्दै सांसद चौधरी
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिका भित्र नयाँ सम्भावित शहरीकरण आयोजना संचालन गर्नाका निम्ति वडा स्तरमा अध्ययन गर्न थालिएको छ ।

लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुना तथा बाँके क्षेत्र नं.१ प्रदेश (ख) बाट निर्वाचित  प्रदेश सांसद तथा पूर्व मन्त्री दुर्गा प्रसाद  चोधरीको अगुवाइमा उक्त एकिकृत शहरी विकास योजना ,नमुना वस्ती निमार्ण तथा संघन सहरी विकास योजना संचालन गर्नाका निम्ति कोहलपुर नगरपालिका वडा नं.२, ९ ,३, ८ ,११ र १४, मा वडा भेला सम्पन्न गरिएको छ ।

शहरी विकास मन्त्रालयका तर्फबाट कोहलपुर नगरपालिका भित्रका बस्तिहरुको स्तर उन्नती पछाडि परेका यहाँका क्षेत्रहरुको विकासका निम्ति बाटो निमार्ण  नाली निमार्ण ,बत्ती ब्यवस्थापन तथा समग्र एकृकित बस्ति व्यवस्थापनमा आवश्यक बजेट विनियोज गर्ने प्रतिवद्धता मन्त्री कृष्णा केसी नमुनाले गरेकी हुन ।मन्त्री केसीले सबै एकै पल्ट हुने भन्ने कुरा हैन तर यहाँको आधारभूत विकास र दिर्घकालिन विकासका निम्ति आवश्यक बजेट विनियोज गरिने बताइन।  त्यसै गरी लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री दुर्गा बहादुर चौधरीले बाँके क्षेत्र नं.१ ख को विकास निमार्णका निम्ति शहरी विकास मन्त्री तथा आफ्नो सक्रियतामा कोहलपुरको हवल्दापुर, पार्वतीपुर ,झन्डवा ,अंकलघरवा , लोकनगर , शान्ति नगर मुक्तनगर शक्तिनगरको विकासका निम्ति आवश्यक गृहकार्य शुरु गरिएको न्यूज मानसरोबर डट कमलाई बताएका छन।

उनले सबै तहका सरकारसँगको समन्वय र सहकार्यमा कोहलपुर नगरपालिकाका पिछडा बस्तिहरुको स्तर उन्नत र दिर्घकालिन प्रभाव हुने गरी विकास आयोजनाहरु संचालन गर्न वडा स्तरमा मन्त्री ज्यू लाई नै यहाँको आवश्यकता बारे अवगत गराउने उदेश्यले अध्ययन गराइएको बताए । चौधरीले एकृकित वस्ति व्यवस्थापनमा आवश्यक अध्ययन आवश्यक रहेकाले त्यसका आधारहरुमा केन्द्रिकृत भइरहेको बताए ।

शहर आर्थिक विकासको केन्द्र , स्थानीय सबल पक्ष र अवसरहरूको पहिचान ,कृषिभूमिको संरक्षणलाई विशेष ख्याल , छरिएर रहने बस्ती विकासबाट वातावरणीय ह्रास, पूर्वाधार सेवा पुर्‍याउन अप्ठयारो हुने तथा अन्य आर्थिक बेफाइदा आदि पक्षहरूलाई विचार , खेर गइरहेको खाली र सार्वजनिक जग्गाको अभिलेखको अवस्था , नगरपालिकामा व्यवस्थित बसोबासका लागि जग्गा विकास कार्यक्रमलाई प्रोत्साहनको अवस्था ,राष्ट्रिय आवास नीतिलाई ुसबैका लागि सुरक्षित आवासुको लक्ष्य हासिल गर्ने गरी परिमार्जित अवस्था , शहरीकरणको दीगो व्यवस्थापनका लागि केही नयाँ शहरहरू निर्माण गर्न जरुरी भएको छ ।

मध्य र सुदूरपश्चिम विकास क्षेत्रमा शहरहरूको सङ्ख्या कम छ । यो हाम्रो लागि अवसर हो शहरी विकास मन्त्री यही जिल्लाको हुनुहुन्छ र त्यसमा पनि कोहलपुर नगरपालिका तत्कालिन मध्यपश्चिम र सुदुरपश्चिम  (कर्णाली र सुदुरपश्चिम)  प्रदेशको  केन्द्रको शहर पनि हो । ,त्यसैले आवश्यक अध्ययन गरी केन्द्र , प्रदेश  र स्थानीय सरकारको सहकार्य तथा समन्वयमा तत्काल नयाँ सम्भावित शहकार निम्ति सबै क्रियाशिलन हुन आवश्यक रहेको लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री दुर्गा प्रसाद  चौधरीले बताएका छन।

उनले शहरभित्रका सुकुम्बासी वा न्यून आय भएका व्यक्तिहरूलाई सरकारी तवरबाट नै विशेष मापदण्ड तोकी सवसुलभ भवनहरू निर्माण गरी सञ्चालनमा ल्याउन समेत गुरुयोजना निमार्ण गर्ने उदेश्य रहेको औल्याएका छ । उनले  उक्त वडा स्तरको भेलाका स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष स्थानीय राजनितिक दल समाजसेवि स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।

  • ८ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech