कोहलपुर,बाँके: बिना प्रयोजन सार्वजनिक विदाका दिन समेत सरकारी सवारी साधन चलाउने एक दर्जन बढि सवारी साधन अनेरास्ववियु बाँकेले कब्जा गरि चावि ट्राफिक प्रहरीको जिम्मा लगाएको छ ।
अनेरास्ववियु बाँकेको नेतृत्वमा सडकमा खटिएका विद्यार्थीहरुले शनिबारको दिन सडकमा संचालित सरकारी गाडी नियन्त्रण लिंदै विना प्रयोजन अवका दिनहरुमा नचलाउन चालकहरुलाई चेतावनि समेत दिएको छ । १० वटा सरकारी नम्वर प्लेट भएका मोटरवाईक र २ वटा गाडि नियन्त्रणमा लिंदै चावि ट्राफिक प्रहरीलाई बुझाईएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश वि.कले न्युज मानसरोवरलाई बताएका छन ।
अनेरास्ववियुका केन्द्रिय सदस्य एबं बाँके जिल्ला ईन्चार्ज सुमन घिमिरेको नेतृत्वमा खटिएको टोलिले सार्वजनिक विदाका दिन सवारी साधन चलाउने सवारी साधनलाई नियन्त्रणमा लिईएको बताईएको छ भने यो अभियानलाई निरन्तरता दिने अनेरास्ववियु बाँकेले जनाएको छ ।
अनेरास्ववियुका प्रदेश सदस्य विकल भट्टराई, जिल्ला उपाध्यक्ष अमृत खत्री जिल्ला सचिब बिनय यादब लगाएत अनेरास्ववियुका नेता कार्यकताहरुले नेपालगञ्जका सडकमा शनिवारका दिन गाडि चलाएको भन्दै तिनका सवारी साधनको चावि कब्जामा लिएर ट्राफिक प्रहरीलाई बुझाएको हो ।