सुर्खेत: सुर्खेतमा तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको छ । शनिवार बेलुका ९ बजे वीरेन्द्रनगरका कालागाउ देउती थान नजिकै सदस्य गिरीमाथि गोली प्रहार भएको हाे ।
अध्यक्ष विष्टले सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलद्वारा परिचालित गुण्डाहरू रहेको आरोप लगाएका छन् । उनका अनुसार गाडीको सिसामा गोली लागेको बताएका छन् ।
प्रहरीले एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन् ।
वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय भने गोप्य राखिएको छ । पक्राउ गरिएकामध्ये केहि भारतीय सुटर पनि रहेको बताइएको छ। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।