७ मंसिर २०८१, शुक्रबार

सडक सुरक्षाकालागि ट्राफिक प्रहरीको आक्रमक कार्यक्रम

ट्राफिक प्रहरीको यो अभियानलाई नेपाल प्रहरी तथा नगर प्रहरीको समेत साथ

  • विकल भट्टराई

कोहलपुर,बाँके: बाँकेमा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह अन्तरगत बिभिन्न कार्यक्रमको आयोजना गर्दै सडक सुरक्षाको बिषयलाई फराकिलो बनाउने प्रयास गरेको छ । बाँकेका शमसेरगञ्ज, राँझा, नेपालगञ्ज, खजुरा, कोहलपुर लगाएतका स्थानहरुमा ट्राफिक प्रहरीले यतिबेला आक्रामक शैलिमा काम गर्दै आएको नागरिकहरुले समेत महशुस गर्न पाएका छन ।

चालकहरुको स्वास्थ्य परिक्षणका साथै राजमार्ग क्षेत्रमा मादक पदार्थ तथा लागु पदार्थ सेवन गरे नगरेको चेकजाँचलाई कडाई पारेको ट्राफिक प्रहरीले ओभर लोड, ओभर स्पिडको समेत अवलोकन गर्दै त्यस्ता प्रकृतिका सवारी साधनहरुलाई अन द स्पोट काराहिको दायरा भित्र ल्याउने गरेको छ ।

शनिवार नेपालगञ्ज वसपार्कमा चालक तथा सह चालकहरुको स्वास्थ्य परिक्षण गरेको ट्राफिक प्रहरीले आज आईतवार कोहलपुर वसपार्कमा चालक तथा सह चालकहरुको स्वास्थ्य परिक्षणको कार्यक्रम सम्पन्न गरेको छ ।

आईतवार नै कोहलपुर चौराहमा ट्राफिक प्रहरीले ओभर लोड बोक्ने मालवहाक सवारी साधन एबं नम्वर प्लेट मेटिएका ट्राफिक नियम उलंघन गरेका अटो रिक्साहरुलाई समेत ट्राफिक नियमको पालना गर्न अनुरोध गर्दै नम्वर प्लेट लेखाउने, एक साईटमा ओराल्न चढाउन नपाउने बार नर्माण गर्न समेत लगाएको छ । ट्राफिक प्रहरीको यो अभियानलाई नेपाल प्रहरी तथा नगर प्रहरीले समेत साथ दिएका बाँके ट्राफिक प्रहरी प्रमुख गोपि कृष्ण सुवेदीले न्युज मानसरोवरलाई बताए ।

यसैविच बाँके ट्राफिक प्रहरीले शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अस्थायी ट्राफिक प्रहरी पोष्ट शम्सेरगन्जको आयोजनामा आज आईतवार करिब ५०० बिद्यार्थीहरुलाई सडकमै ट्राफिक नियमको बारेमा जानकारि गराईएको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बिद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा जानकारि गराउदै बिद्यार्थीहरुलाई बाटो तथा जेब्रा क्रस देखि बाटो क्रस गर्न र जेब्रा क्रस नभएको स्थानमा कसरी बाटो क्रस गर्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

पोष्टर, पम्पलेट, होर्डिङ बोर्ड, जनचेतना, विद्यालयमा ट्राफिक, लापसे तथा मापसे चेक र स्पिड समेत निरीक्षण गर्दै आएको ट्राफिक प्रहरीले मापसेमा परेकाहरुलाई दिनहु जसो १ घण्टा कक्षा लिंदै जरीवाना गरेर मात्र छोडने गरेको छ ।

भिडियो

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech