कोहलपुर,बाँके: जिल्लामा सडक दुर्घटनाको डरलाग्दो ग्राफ फिगर बन्दै गएको पाईएको छ । कुनै पनि कार्यालयले आफुले कार्य सम्पादन गर्ने सुचकहरु आर्थिक बर्षको शुरुमै तय गरेको हुन्छ । उस्का अघिल्ला बर्षका सुचकहरुका तुलनामा चालु बर्षमा सुधार गर्ने गरि लक्ष्य निर्धारण गरि तयार पारिएका सुचकहरु ऋणात्मक हुदै जाने हो भने ‘ दिन भर भित्तो धकेल्यो भित्तो ठाउको ठाउ’ अर्थात उपलब्धि समेत शुन्य हुन जान्छ । यस्तै सुचकहरु सार्वजनिक गरेको छ बाँके ट्राफिक प्रहरीले ।
उस्को तथ्यांकमा गत बर्ष यस अवधि सम्म ३८ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका थिए तर चालु बर्षको सोहि अवधिमा ४४ जना मानिसहरुले ज्यान गुमाईसकेका छन । यस अवधिमा विभिन्न कारवाहि स्वरुप ट्राफिक प्रहरीले १ करोड ४८ लाख ६२ हजार राजस्व असुल गरेको छ जुन फिगर आफैमा राम्रो भने हैन किनकि ट्राफिक प्रहरीको काम राजस्व असुलि भने होईन ।गत बर्षको तुलनामा यस बर्ष ६ जनाले बढि नागरिकहरु सडक दुर्घटनाका कारण मृत्यु हुनुमा को दोषि छ प्रश्न यहानेर रुमल्लिन्छ ।
ट्राफिक प्रहरीले हालै सार्वजनिक गरेको उस्को परिसुचक हेर्ने हो भने दुर्घटना, राजस्व असुलि र कारवाहिका घटनाहरु ओरालो लाग्नुको साटो उकालो लागिरहेको अवस्था छ । चालु आर्थिक बर्षमा बाँकेमा भएका ९८ वटा सडक दुर्घटनाको घटनामा परेर ४४ जनाले ज्यान गुमाएका छन् । नियम उलंघन गर्ने १८ हजार ४ सय १२ सवारी साधनको कार्वाहिबाट १ करोड ४८ लाख ६२हजार राजस्व असुलि भएको छ भने मापसे कारवाहिमा १ हजार २ सय ४६ जनाबाट १२ लाख ४६ हजार राजस्व संकलन भएको बाँके जिल्लाका ट्राफिक प्रहरी निरिक्षक गोपि कृष्ण सुवेदीले प्रस्तुत गरेको शब्द चित्रमा उल्लेख गरिएको छ ।
चालु बर्षमा सवारि दुर्घटनामा सबै भन्दा बढि दुर्घटना कार्तिकमा २५ वटा भएका छन । ७ जनाको मृत्यु हुने गरि भएका ति सडक दुर्घटनाबाट सामान्य घाईते ११ जना रहेको छन भने गम्भिर गाईतेको संख्या १९ रहेको छ । यस अवधि सम्म सबै भन्दा बढि सवारी साधन कारवाहि भने मंशिर महिनामा भएको छ उक्त कारवाहिबाट अन्य महिना भन्दा बढि २३ लाख ३० हजार ५ सय राजस्व असुलि गरिएको छ भने लागु पदार्थ सेवन गरि सवारी साधन चलाई कारवाहिमा सबै भन्दा बढि कार्तिक महिनामै २३१ जना परेका छन । जसबाट ट्राफिक प्रहरीले २ लाख एकतिस हजार राजस्व असुलि गरेको छ ।
माथिको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको ट्राफिक प्रहरीले यस अवधि सम्म १ हजार ५ सय उन्नाईस पटक जनचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
भर्खरै मात्र ट्राफिक सप्ताह सम्पन्न भएको छ तथ्यांकमा देखिएका परिसुचकहरुको समिक्षा गर्दै ट्राफिक प्रहरीले सडक दुर्घटना न्युनिकरणका निम्ति रणनैतिक कार्ययोजना बनाउने उल्लेख गरेपनि सडकको अवस्था, लाईसेन्स वितरणको अवैज्ञानिक तरिका, सडक मानवहरुमा देखिने ढिपि, चालक सहचालकहरुको लापरवाहि आदिका कारण उल्लेख्य नतिजामा कमि आउनेमा भने शंका नै रहन्छ ।