कोहलपुर,बाँके: बाँकेको गनापुरमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा विभिन्न सामाजिक सञ्जाल तथा अनलाई एबं सञ्चार हाउसवाट सम्प्रषण हुने समाचार र सुचनाहरु कति सम्मका मिथ्या र भ्रामक समेत हुने गर्छन भन्ने बारे सहभागिहरुलाई सचेत गराउदै पाल्पा विकास केन्द्रका किरण कौशलले सञ्चार साक्षरता सम्बन्धि प्रशिक्षण प्रदान गरेका हुन ।
मिस ईफरमेसन, डिस ईफरमेसन, माल ईफरमेसन बारे चर्चा गर्दै कौशलले मिथ्या सुचनाले लोकतन्त्र कमजोर पार्ने मात्र नभई समाजलाई नै दुषित वनाउने बताए । हरेक सुचना र समाचारमा तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत ब्यक्ति, अभिब्यक्ति , तस्विर समय र सन्दर्भ समेत प्रष्ट हुनुपर्ने भन्दै हामीले छिट्टै विश्वास गर्दा समेत मिथ्या सुचना सम्प्रेशन गर्न अभिप्ररित हुने भन्दै यस्ता विषयहरुमा कुनै पनि ब्यक्ति र संस्थाले क्युक रेस्पोन्स गर्न नहुनेमा जोड दिए ।
नेपालगञ्ज ग्यालरीका समिरमान श्रेष्ठ, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा स्ववियु अध्यक्षहरु देबेन्द्र बुढा, निरा चौधरी, विनय यादव र माधव खत्रिले समेत कार्यशालामा आफनो भनाई राख्दै यस्ता बिषयहरुलाई अभियानका रुपमा लैजानुपर्ने उल्लेख गरेका छन ।
बाँकेको बिभिन्न ४ कलेजका स्ववियु पदाधिकारी, पत्रकार, क्लवका प्रतिनिधि एबं महिलाहरुको उल्लेख्य सहभागितामा सम्पन्न कार्यशालाले समाचार सम्प्रेषण र सुचना प्रकासनका बिषयमा दिक्षित गराएको सहभागिहरुले प्रतिक्रिया दिएका छन ।