११ मंसिर २०८१, मंगलवार

नेपालगञ्जमा पहिलो पटक लेजर प्रबिधिबाट शल्यक्रिया सेवा

प्रविधिमा फड्को मार्दै कान्ति आरोग्य

  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगञ्जको धम्बोझी चोक नजिकै रहेको कान्ति आरोग्य अस्पताल नेपालगञ्जले पहिलो पटक लेजर प्रबिधिबाट शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।

कान्ति आरोग्य अस्पतालका बरिष्ठ ल्योस्कोपिक सर्जन डाक्टर विजय उपाध्याय पश्चिम नेपालमै पहिलो पटक कान्ति आरोग्य अस्पतालमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने पद्धती भिल्याई सेवा समेत सुरुवात गरेको बताउँछन।

लेजर प्रविधिबाट पायल्स, फिसर, फिस्टुला, पाईलो निडल साईनस साथै डायविटिक फुटको विरामीको उपचारमा लेजर प्रविधिबाट शल्यक्रिया गर्न सहज हुने र यसको नतिजा पनि करिब शतप्रतिशत सक्सेस रहेको उनी बताउँछन । कान्ति आरोग्य अस्पतालमा विरामीलाई पायल्स, फिष्टुला र फिसरको अपरेशन गरी सेवा प्रवाह गरिएको छ । लेजर प्रविधिबाट शल्यक्रिया गर्दा विरामीलाई चिर्नु पर्दैन र लेजरको मद्दले सेवा प्रवाह गर्ने गरिन्छ ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech