११ मंसिर २०८१, मंगलवार

नेपाल भारत मैत्रीबसको ठक्करबाट नेपालगञ्जमा गयो एकको ज्यान
  • न्युज मानसराेवर

नेपालगन्ज: नेपालगन्ज उपमहानगर पालिका वडा न १८ कारकादोमा सोमबार राती साढे नौ बजे भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । भारतको दिल्लीबाट नेपालको अर्घाखाँचीका लागि छुटेको नेपाल भारत मैत्रीबस लु २ ख २१४२ नम्बरको बसले भारतिय नम्वर प्लेट युपि ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा  नेपाल घुम्न आयका भारतको उतर प्रदेश बहराइच जिल्ला सेराबस्ती रिसिया घर भएका बर्ष ३५ को अनिल कुमार सिकिस्त घाइते भई उपचारको लागी नेपालगन्ज मेडिकल कलेजमा  लगिएकोमा निजको अस्पतालमै उपचारकै क्रममा क्रममा मृत्यु भएको अस्पताल श्रोतले वताएको छ ।

बाँके प्रहरीका अनुसार बस र चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेको छ । बसमा सवार सवै यात्रुहरु सकुशल रहेकोे र यात्रुहरूलाई प्रहरीको समन्वयमा अर्को बसद्धारा गन्तव्य तर्फ पठाएको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech