११ मंसिर २०८१, मंगलवार

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कोहलपुरमा प्रभातफेरी

३३ प्रतिशत राजनैतिक अधिकारलाई ५० प्रतिशत पुरयाउन महिलाहरुले अझैं आन्दोलनको जेहाद छेडनुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुक्रवार विहान कोहलपुरमा प्रभातफेरी गरिएको छ ।
विभिन्न संघ संस्थाका महिलाहरु, विद्यालयका शिक्षिका, उद्यमी महिला, महिला जनप्रतिनिधिहरु एबं महिला पत्रकारहरुको सहभागितामा आयोजित प्रभातफेरीले नगरका विभिन्न भाग परिक्रमा गर्दै खुल्ला मञ्चमा सभामा परिणत भएको थियो ।

कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको सभालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका निर्वतमान मन्त्रि कृष्ण के.सि. नमुनाले महिलाहरुले आज सम्मको आन्दोलनबाट भोटिङ तथा समान ज्यालाको अधिकार पाएको चर्चा गर्दै अव महिलाहरुलाई दिईएको ३३ प्रतिशत राजनैतिक अधिकारलाई ५० प्रतिशत पुरयाउन महिलाहरुले अझैं आन्दोलनको जेहाद छेडनुपर्नेमा जोड दिईन ।

पैत्रिक सम्पत्तिमा छोरा सरह छोरीहरुलाई अझैं अधिकार दिईएको छैन , छोरा सरह छोरीहरुलाई अंशको अधिकारवाट समेत वञ्चित गराईएको स्मरण गर्दै लुम्विनी प्रदेश सांसद नमुनाले बाँकि अधिकार प्राप्तिकालागि महिला आन्दोलन जारी रहने जिकिर गरिन ।

लुम्विनी प्रदेश सांसदहरु वसन्ति अधिकारी, सञ्जु कुमारी चौधरी, समेत आफनो शुभकामना मन्तब्य ब्यक्त गर्दै महिला दिवस नारामा मात्र होइन व्यवहारमा लागुहुनुपर्नेमा जोड दिए । यसै गरि कार्यक्रममा शिक्षकहरुको तर्फबाट सुमित्रा न्यौपाने, पत्रकारहरुको तर्फबाट सरला सुबेदी र संघ संस्थाको तर्फबाट उर्मिला पाण्डेले समेत मन्तब्य राखेका थिए ।

दिवसकै अवसरमा आयोजित महिला भलिवल खेलमा उत्कृष्ट हुने समुहलाई पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुने टिममा बिभिन्न संघ सस्था सम्वद्ध महिला कर्मचारीहरुको समुह प्रथम, द्वितीय कोहलपुर नगरपालिका अन्तरगतका महिला कर्मचारिहरुको समुह र तस्रो स्थानमा महिला पत्रकारहरुको समुह रहेका छन ।

प्रथम, द्धितिय र तृतिय समुहलाई सभाका प्रमुख अतिथी कृष्ण केसि नमुना तथा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कदर पत्र र नगद सहित पुरस्कृत गरेका छन ।

यसैगरि कोहलपुर क्षेत्रबाट शशक्त रुपमा आफनो पेशा ब्यबसायमा लागेर योगदान गरेको भन्दै विभिन्न क्षेत्रमा क्रियाशिल रहेका महिलाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुनेमा शशक्त कलम चलाएको भन्दै रेडियो नेपालकी सम्वाददाता सरला सुवेदी, महिला उद्यमीहरु देव कुमारी थारु, पदमा थापा, गिता सुनार,उत्कृष्ट वाल विकास शिक्षक भिमा बुढाथोकि र महिला पञ्चेबाजा समुह रहेका छन । उनीहरुलाई सभाका प्रमुख अतिथी तथा अतिथीहरुले कदर पत्रका साथै नगद २ हजार पाँच सयले पुरस्कृत गरिएको आयोजकले न्युज मानसरोवरलाई बतायो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभाध्यक्षतामा आयोजित सभामा सभाध्यक्षले महिलाहरुलाई अधिकार भन्दा पनि उनीहरुलाई सक्षम बनाउनुपर्ने धारणा राखेका छन । अव आरक्षण हैन प्रतिस्पर्धामा आउन सक्ने गरि महिलाहरुलाई सक्षम बनाईनुपर्ने उल्लेग गर्दै नगर प्रमुख आचार्यले महिलाहरुको कार्यक्रममा महिलाहरु नै धैर्य गर्न नसक्नु विडम्वना भएको बताए ।

उनले यस्ता कार्यक्रमहरुमा कुनै संघ, संस्था विद्यालय र निकायले उर्दि जारी गरेर उपस्थिती गराउनुको साटो महिलाहरु स्वतस्फुर्त रुपमा कार्यक्रममा सहभागिता हुन सक्ने वातावरण बनेको खण्डमा मात्र महिला दिवसले सार्थकता पाउने जिकिर गरे ।

नगर उप प्रमुख संगिता सुवेदीको स्वागत मन्तब्य संगै शुभारम्भ कार्यक्रमको उत्तरार्धमा दर्शक दिर्घाका सबै कुसि खालि हुदा कार्यक्रम खल्लो भएको एक सहभागिले न्युज मानसरोवरलाई वताए । उनले कार्यक्रम स्थलमा ठुला ठुला ब्यानर, महिला अधिकारका कुरा र हाईफाई चलिरहदा ईन्सेटमा दुई मजदुर महिलाले गरिरेको कामले सिंगो कार्यक्रमलाई नै गिज्याई रहेको उल्लेख गर्दै नेपालीहरुमा कथनि र करण फरक रहेको बताए ।

नगरका प्रेस संयोजक प्रिया स्मृति ढकालले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम सम्पन्न भए पश्चात पनि महिलाहरुले पञ्चे वाजा वजाउदै मनोरञ्जन गरेका थिए ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech