२१ बैशाख २०८१, शुक्रबार

सबै भन्दा बढि स्वर्ण जित्ने मार्शल आर्ट र तेक्वान्दो खेललाई उपेक्षा

छोरीहरुलाई आत्मरक्षाका निम्ति तेक्वान्दो खेल एक कोशेढुङ्गा सावित हुने

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आज सोमवार आयोजित एक कार्यक्रममा कोहलपुर नगरपालिकालाई सबै भन्दा बढि स्वर्ण पदक दिलाएर प्रथम बनाउने खेलहरु मार्शल आर्ट र तेक्वान्दो विधालाई उपेक्षा गरिएको भन्दै खेल सम्बद्ध सरोकारवालाहरुले गुनासो ब्यक्त गरेका छन ।

उनीहरुले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा मार्शल आर्ट र तेक्वान्दो खेलले नेपाल र नेपालीहरुको पहिचान दिंदै आएका उल्लेख गर्दै संघ, प्रदेश र स्थानिय सरकारको नजरमा यी खेलहरु प्राथामिकतामा नपर्नु दुखद रहेको औंल्याएका छन ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकेले आफनै लगानिमा आज कोहलपुरको कौशिलानगरमा आयोजित एक दिने डोजाङ्ग प्रमुख प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा खेलप्रेमीहरुले उक्त कुरा वताएका हुन ।

”बिकास अनुशासन गतिशिलता ”भन्ने मुल नाराका साथ आयोजि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश सभा सांसद सञ्जु कुमारी चौधरीले खेल क्षेत्रका आ आफना समस्याहरु रहेको औंल्याउदै सिमित श्रोत साधनको भरपुर प्रयोग गरि अगाडि बढनुपर्ने बाध्यता रहेको जिकिर गरिन ।

खेलकुदमा सफलता प्राप्त गर्न अनुशासनको उत्तिकै खाँचो रहेको भन्दै छोरीहरुले आत्मरक्षाका निम्ति पनि मार्शल आर्ट र तेक्वान्दो खेललाई ब्यापक मात्र होई हरेक शिक्षालयहरुमा यो खेललाई अनिवार्य गर्नुपर्ने समय आईसकेको वताईन ।

५ बर्षका वालिका देखि ८० बर्ष सम्मका आमाहरु यौन हिंसाको शिकार हुदै आएको तितो यर्थात हाम्रो माझ भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी एबं प्रदेश सभा सांसद चौधरीले छोरीहरुलाई आत्मरक्षाका निम्ति तेक्वान्दो खेल एक कोशेढुङ्गा सावित हुनेमा विश्वास ब्यक्त गरिन ।
खेलको महत्व बुझन नसक्ने अभिभाबक खेलको बर्गिकरण गर्न नसक्ने सरकारी रबैयाका कारणले तेक्वान्दो खेललाई पछि पारिएको भन्दै चौधरीले प्रदेश सरकारको आउदो बजेटमा यो खेललाई प्राथामिकतामा राख्ने र रोजगारि सङ्ग जोड्ने आफनो प्रयास रहने प्रतिबद्धता समेत ब्यक्त गरिन ।

निति निर्माणकै तहमा यी खेलहरुलाई प्राथामितामा राख्नुपर्ने भन्दै सांसद चौधरीले हरेक खेललाई उक्त खेलले गरेको योगदानका आधारमा बजेट विनियोजन गर्ने गरि आउदो बर्षको बजेट कार्यक्रममा समावेश गर्न आफुले पहल गर्ने समेत वताएकी छिन ।

राखेप वोर्ड सदस्य श्रीमान थापाले राष्ट्रिय स्तरमै ११ जना बाँकेबाटै राखेप प्रशिक्षक उत्पादन गर्न सफल जिल्लामा मार्शल आर्ट र तेक्वान्दो खेललाइ उपेक्षा गरिएको भन्दै राजनैतिक खिचातानिकै कारण राष्ट्रिय प्रतिभाहरु आझेलको स्थितीमा पुगेको दावि गरे ।

तेक्वान्दो ईन्डोर गेम हो यस्का लागि उचित खेल भवनको आवश्यकता पर्छ तर राज्यका निकायहरुले क्रिकेट र फुटवललाई मात्र खेल हा भन्ने भ्रम पालेर बसेकै कारण मार्शल आर्ट र तेक्वान्दो खेलका खेलहरुमा लगानि गर्न नचाहेको आरोप लगाए ।

राखेपले भवन वनाउने बजेट विनियोजन गर्छ तर हामीसंग एक धुर जग्गा छैन स्थानिय, प्रदेश सरकारसंग हार गुहार गर्दा पनि मार्शल आर्ट र तेक्वान्दो खेलका लागि सरकारी १ कठ्ठा जग्गा दिन समेत हिचकिचाउने गरेको आफनो तितो अनुभव सुनाउदै जिल्लामै तेक्वान्दोका सिनियर प्रशिक्षक थापाले खेल क्षेत्रमा सवै भन्दा उर्वर खेल तेक्वान्दो खेललाई सबै निकायले नजर अन्दाज मात्रै गर्ने गरेको बताए ।

राजनैतिक भाग बन्डा, बजेटको दुरुपयोग गर्नेहरुको आफुहरुले विरोध गर्ने गरेकै कारण पनि यो खेलको स्तरलाई राजनिति गर्नेहरुले माथि उठाउन नचाहेको भन्दै थापाले नेपाल सरकारले तेक्वान्दो संघलाई खारेज गरेको एक उदाहरणले पनि यो खेल प्रति राज्य कति संबेदनशिल छ भन्ने बुझन सकिने कुरामा जोड दिए ।

तेक्वान्दो प्रशिक्षक एबं पुर्व प्रधानाध्यापक वीरेन्द्र कुमार मल्लले बााके जिल्लामा सम्पन्न खेलमा सबै भन्दा बढि स्वर्ण ३२ र अन्य गरि ३ मेडल गरि जम्मा ३५ मेडल ल्याएर पालिकालाई प्रथम बनाउन सफल भएको भएतापनि पालिकाले नै मार्शल आर्ट र तेक्वान्दो खेलाडिलाई ओझेलमा पार्ने काम मात्र गरेन बिभेदको निति समेत अंगिकार गरेका दावि गरे ।

अन्य खेलाडिहरुले ड्रेस पाउदा तेक्वान्दो र मार्शल आर्टका खेलाडिहरुलाई सामान्य टिसर्ट र हाप प्यान्ट समेत नदिएर खेलाडिको चित्त दुखाएको पालिकाले तेक्वान्दो र मार्शल आर्ट विधाले प्राप्त गरेका मेडलका आधारमै प्रथम भएको शिल्ड बोकेर आउदा भने गर्भ गरेको बताए ।

खेल भनेको कृकेट र फुटवल मात्र हो भन्ने बुझाई नगरपालिकालाई रहेको भन्दै अन्तरास्ट्रिय खेलमा सबै भन्दा स्वर्ण ल्याउने र देशको नाम चिनाउने समेत मार्शल आर्ट र तेक्वान्दो नै भएकाले यि खेलहरुलाई किन नजर अन्दाज गरिन्छ भन्ने प्रश्न समेत मल्लले गरे ।

मार्शल आर्ट खेललाई अगाडि बढाउने र खेल खेल्ने भौतिक संरचना तयार पार्ने दायित्व समेत स्थानिय सरकारको भएको भन्दै मल्लले नगरका प्रतिभाहरुलाई पलाएन गराउने छुट कुनै पनि जनप्रतिनिधिलाई नभएको जिकिर गरे ।

कार्यक्रममा प्रमुश प्रशिक्षक चन्द्र श्रेष्ठले डोजाङ्ग प्रमुखहरुले आफनो क्षेत्रमा गएर दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वास ब्यक्त गर्दै आउदो बर्षदेखि ८ वटै पालिकामा रहेका खेलाडिविच प्रतिस्पर्धा गराई जिल्लामा हुने खेलकुदका निम्ति छनौट गर्नेगरि सरोकारवालाहरुले तयारी गर्दै जानुपर्नेमा जोड दिए ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकका सचिव जंगविर चौधरीको स्वागत मन्तब्य संगै शुभारम्भ गरिएको समापन समारोहमा प्रशिक्षकहरु बिमला भण्डारि,नेत्र ब थापा, नेपाल तेक्वान्दो संघ लुम्बिनि प्रदेश उपाध्यक्ष महेश थापा, सदस्य श्याम भट्टराई, डोजाङ्ग प्रमुख उमा देबि थापा लगाएतको समेत उपस्थिती रहेको थियो ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती बाँकका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा सहभागि ३५ जना डोजाङ्ग प्रमुखहरुलाई प्रमाण पत्र तथा ड्रेस वितरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन संघका लम्विनी प्रदेश सदस्य मोहन वलिले सञ्चालन गरेका थिए ।

भिडियो

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech