११ मंसिर २०८१, मंगलवार

कर्णाली पुलमार्ग केहि दिनलाई बन्द, बैकल्पिक बाटो सत्तिघाट हुदै राजापुर

बैकल्पिक मार्गको रुपमा लम्कि, टिकापुर , शक्तिघाट, राजापुर हुदै पुर्व पश्चिमको रुट प्रयोग गर्न अनुरोध

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:सुदूरपश्चिम प्रदेशको लाइफ लाइनको रुपमा रहेको कर्णाली नदीमा बनेको पुलमा लागेको आगो नियन्त्रणमा आएपनि उक्त पुलवाट आवात जावत गर्न केहि समयको लागि बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ईन्जिनियर निरज शाक्यले जानकारी दिएका छन । उनले पुलको वाटो भई आवागमणलाई केहिदिन लाई बन्द गरिएको जनाउदै बैकल्पिक मार्गको रुपमा लम्कि, टिकापुर , शक्तिघाट, राजापुर हुदै पुर्व पश्चिमको रुट प्रयोग गर्न अनुरोध गरेका छन ।

दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासले आगो नियन्त्रणमा आएको भएपनि पुलको भार क्षमता र त्यस्को अवस्थावारे अध्यन नहुदा सम्म सवारी आवागमण बन्द गरिएको शाक्यको भनाई रहेको छ । लम्कीचुहा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगो  नियन्त्रण आइसकेको  बताएका छन । आगो नियन्त्रणमा लिन कैलालीको लम्कीचुहा, टीकापुर, घोडाघोडी, बर्दियाको मधुवन र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरिएको जनाईएको छ ।

विरगञ्जबाट लाइटर बोकेर आएको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमवार अपरान्ह ५ बजे एक्कासी आगलागी भएको थियो । ट्रकमा रहेको लाइटर एक आपसमा ठोक्किएर पड्किएपछि ट्रकमा आगो लागेको हुन सक्ने वडा अध्यक्ष शाहीको भनाइ छ ।

ट्रकमा लागेको आगो दन्किएपछि चिसापानी पुलको तारसहित अन्य भागमा पनि लागेको थियो । आगलागीबाट पुलको तार र भुइँ भागमा क्षति भएको शाहीले जानकारी दिए ।

सन् १९९३ मा बनेको यो पुल एक खम्बामा तारहरुको मद्दतले अडिएको छ । यो पुल बनेपछि मात्र सुदूरपश्चिम प्रदेश नेपालको अन्य भूभागसँग जोडिएको हो । पुलमा आगलागी भएपछि आवतजावत रोकिएको हो । महेन्द्रनगरका लागि हिडेको ट्रकमा एक करोड १० लाख रुपियाँ बराबरको लाइटर रहेको बताइएको छ । आगलागीबाट लाइटर जलेर नष्ट भएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech