१० मंसिर २०८१, सोमबार

महेन्द्र क्याम्पसमा स्ववियु आन्दोलन चर्किदैं,क्याम्पस प्रमुखलाई कार्यकक्ष प्रवेशमा निषेध
  • न्युज मानसराेवर

नेपालगन्ज:महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बीचको विवाद बढ्दै गएको छ । स्ववियुले राखेको मागप्रति क्याम्पस प्रशासनले बेवास्ता गरेपछि विवाद बढ्दै गएको हो ।

गत फागुन १७ गते स्ववियु ले क्याम्पस प्रशासनलाई १५ बुँदे माग सहित ७२ घण्टाको अल्टिमेटम सहित ध्यानाकर्षण पेश गर्दा बेवास्ता भएपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियुको आन्दोलन सुरु भएको थियो । सौहार्दपूर्ण रुपमा विद्यार्थीको हकअधिकारको माग गर्दा बेवास्ता भएपछि आन्दोलन गर्न बाध्य भएको स्ववियू सभापति माधव खत्रीले बताउनुभयो ।

माग पुरा नभएपछि स्ववियुले चरणवद्ध आन्दोलन गर्दै आएको छ । प्रथम चरणको आन्दोलन अन्तर्गत क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्डयाएको स्ववियूले आजबट दोस्रो चरणको आन्दोलनमा प्रवेश गर्दै १० दिनसम्म क्याम्पस प्रमुखलाई आफ्नो कार्यकक्षमा प्रवेश निषेध गर्ने जनाएको छ । मागहरु यथाशिघ्र पुरा नगरेकोमा थप आन्दोलनका कार्यक्रमहरु गर्न स्ववियु परिवार बाध्य हुने र यसबट विद्यार्थी लगायत सम्पूर्णमा पर्ने असुविधा प्रति क्याम्पस प्रशासन जिम्मेवार रहने सभापति खत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलन जारी रहे पनि क्याम्पसको पठनपाठन नियामित सञ्चालन रहने खत्रीले बताउनुभयो ।

यसैबीच स्ववियुको मागलाई महेन्द्र बहुमुखी क्याम्पस प्रशासनले बेवास्ता गरेको प्रति स्ववियु काउन्सिल नेपालले खेद व्यक्त गरेको छ । स्ववियु काउन्सिल नेपालका अध्यक्ष तथा त्रि.वि.सिनेटसभा सदस्य विराज अर्याल र स्ववियु काउन्सिलका सचिव सन्देश धमलाले मंगलवार विज्ञप्ति जारी गरी स्ववियु जस्तो विद्यार्थीको संस्थाप्रति बेवास्ताले आफुहरुको ध्यानाकर्षण भएको जनाउनु भएको छ । स्ववियुका मागहरु तत्काल समाधान गर्न सम्बन्धित निकायलाई बिज्ञप्तिमा आग्रह गरिएको छ ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech