राप्तीसोनारी:पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं. ९ को जंगलमा बाघको आक्रमणबाट ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको छ ।
शर्मा वनमा किन गएका थिए भन्ने कुनै जानकारी हुन नसकेको भन्दै वडा नं. ९ का वडाअध्यक्ष सोहनलाल थारुले घटनाका बिषयमा अनुसन्धान भईरहेको बताएका छन । प्रहरी अहिले घटना स्थलमा छ मृत्युको कारण बाघको आक्रमणबाट हो या अन्य कारणले हो अनुसन्धानले खुलाउला भन्दै वडा अध्यक्ष थारुले मृतक वेवारिसे जस्ताे देखिएकाे राप्तीसाेनारी ९ का वडा अध्यक्ष साेहनलाल थारूले आफ्नाे गाउँ काे नभएकाे बताएका छन्।
बाँके निकुञ्ज स्थापना संगै पुर्व पश्चिम राजमार्ग हुदै यात्रा गर्ने मानिसहरुलाई भयको वातावरण सिर्जना भएको छ भने केहिले यस अघि नै मृत्यु वरण गर्न बाध्य भएका छन ।
अपडेट
आज आईतवार बिहान बाघको आक्रमणबाट ढकेरीमा एक जना बृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। पुर्वपश्चिम राजमार्गको ढकेरीदेखी ३ किलोमिटर पश्चिम जंगलमा दार्मा गाउँपालिका १ सल्यान घर भइ हाल उडैन आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको ढकेरी प्रहरी बिट इन्चार्ज असई जंग बहादुर एमसिले जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।