२२ बैशाख २०८१, शनिबार

ऐलानी जग्गा उपभोग गरेकै कारण आफ्नै देशमा अनागरिक भयौँ ?

मानव वन्यजन्तु द्वन्द्व  मुख्य कारण आहारा

  • रवि रोकाया

कोहलपुर \ कोहलपुरमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका अभ्यासहरु र प्रभावकारी उपायहरुको पहिचान गर्न सरोकारवाला विच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरको आयोजनामा चैत्र ३ दखि ०५ गते सम्म दाङ ,सल्यान र बाँकेका गरि ९ ओटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति विच उक्त अन्तर संवाद कार्यक्रम गरिएको हो ।

उक्त अन्तरसंवाद कार्यक्रममा   पुरनधारा,फूर्के.सल्ली मलइ मध्यवर्ती उपभोक्ता समिति दांग र हात्तीदमार घुइयाबारी मध्यवर्ती क्षेत्र उपभोक्त समिति सल्यान, कोहलपुर,ढकेरी,राजकोट,मध्यविन्दु, देउराली हरियाली र राप्ती मध्यवर्ती क्षेत्र उपभोक्ता समिति बाँके,सामूदायिक बन, समुदायमा आधारित चोरी शिकर नियन्त्रण यूवा जागरण उपसमिति, बबई गा.पा वडा नं १ का अध्यक्ष प्रेम डाँगी, कालीमाटी वडा नं. ७ का अध्यक्ष मित्रलाल रिजाल, राप्तीसोनारी गा.पा  वडा नं. ८का अध्यक्ष सालिक राम डाँगी लगाएको  उपस्थिति रहेको थियो ।

 मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धित तत्काल गरिनु पर्ने कार्य बारे  समिक्षा  मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धित तत्काल गरिनु पर्ने कार्य बारे  समिक्षा  गरिएको छ ।  उक्त अन्तरसंवाद कार्यक्रममा  मानव वन्यजन्तु विचको द्वन्द्व न्यूनिकरणमा  हाल सम्म गरिएका प्रयासहरु बारे समिक्षा गरिएको हो ।

सहभागिहरुले हाल सम्म मेष जाली, सचेतना सम्बन्धि कार्यक्रम, सुधारीएको खोर, जैविक बार, उज्यालो बत्तीको व्यवस्थापन जस्ता प्रयासहरु द्वन्द्व न्यूनिकरणका निम्ति उत्कृष्ट रहेको उल्लेख गरेका थिए ।छलफल कार्यक्रममा मध्वर्ती क्षेत्र उपभोक्त समितिका पदाधिकारी, सामूदायिक बन, समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमितिले आ आफ्नो धारणा राखेका थिए ।

द्वन्द्व न्यूनिकरण गर्ने हो भने परिमार्जित मेष जालीको व्यवस्थापन गर्नु पर्ने, कोर क्षेत्रबाट बन्यजन्तु बस्तीमा आउन रोक्नका निम्ति प्रयाप्त खाना पानीको व्यवस्थापन गर्नु पर्ने,व्यवस्थीति पशुपालन सम्बन्धि प्रविधिको अवलम्बन गरिनु पर्ने, सचेतना तथा रोजगार मूलक कार्यक्रमको व्यवस्थापन गर्नु पर्ने,साना उद्यमलाई प्राथामिकता दिइनु पर्ने, एक द्वार प्रणाली मार्फत कार्यक्रम सञ्चालन गर्नु  पर्ने  ,अग्नि रेखा, समुदायमा आधारित कार्यक्रम संचालन, नितिगत व्यवस्थापन तथा स्थानिय सरकार, निकुञ्ज र मध्यवर्ती क्षेत्र विचको सम्बन्ध समधुर हुनु पर्ने लगाएतका निष्कर्ष निकालिएको छ ।

आगामी कार्ययोजना  बाँके राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा डार्विन इनिसियटिभ को आर्थिक सहयोग, जेड.एस.एल नेपालको प्राविधिक सहयोगमा कार्यक्रम संचालन भई रहेको वातावरण तथा ग्रामिण विकास केन्द्र कोषाध्यक्ष मिनु वली  बताइन । वलीले भावि कार्ययोजना बारे अन्तरसंवाद कार्यक्रमले   सहयोग गर्ने उल्लेख गरिन।

कार्यक्रममा जेड.एस.एलका प्रदिप सेढांइले हाल सम्म बाँके राष्ट्रिय निकुञ्जमा सम्पन्न गरिएका कार्यक्रम तथा आगामी वर्षका लागि तय गरिएका कार्यक्रमका बारेमा जानकारी गरेका थिए ।आर्थिक वर्ष ०२३।०२४का लागि माटो परिक्षण, मानव वन्य जन्तु द्वन्द्व सम्बन्धि गोष्ठि, सचेतना सम्बन्धि कार्यक्रम, सुधारिएको खोर, सोलार बत्ती जडान, राहत कोष स्थापना,जिविकोपार्जन जस्ता कार्यक्रम संचालन भएको परियोजना अधिकृत मनिष घिमिरेले जानकारी गराए ।

स्थानीय तहमा कानून छैन मानव बन्यजन्तु न्यूनिकरण सम्बन्धि  स्थानीय तहहरुमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदाय प्रति नीतिगत जवाफदेही नदेखिएको  सहभागिहरुले भनाइ रहेको छ।हामीले पनि मतदान गरेका छौँ।हामीले पनि एलानी कर तिरेका छौँ तर मानव बन्यजन्तु न्यूनिकरण गर्न स्थानीय सरकारले कुनै नीतिगत कानून निमार्ण नगर्दा समस्या देखा परेको सहभागि ओम प्रकाश डागीको भनाइ रहेको छ ।

ऐलानी जग्गा उपभोग गरेकै कारण आफ्नै देशमा अनागरिक भयौँ  हामी निकुञ्जका सबै कानून मान्न तयार छौँ । यो अन्तराष्ट्रिय कानून पनि हो’ तर हामी मावन हौँ’ मावन सभ्यताको सवलीकरण गर्नाका निम्ति मध्यवर्ती क्षेत्रका बस्तिमा आधारभूत विकास गर्न आवश्यक रहेको सहभागिहरुको जोड रहेको थियो ।

मावन तथा बन्यजन्तु द्धोन्द न्यूनिकरण गर्नाका निम्ति स्थानीय सरकारले आवश्यक कानून निमार्ण गर्ने सरोकारवालाहरुले माग गरेका छन। ऐलानी जमिनमा बसोबास गर्ने नागरिकहरुलाई बन्यजन्तु बाट भोग्नु परेका समस्या न्यूनिकरण गर्नाका निम्ति स्थानीय सरकारले कानून निमार्ण गर्न आवश्यक रहेको मध्यवर्ती समितिका सहभागिहरुको जोड रहेको थियो । उनीहरुले मानव तथा बन्यजन्तु विचको द्धोन्दमा निुकुञ्जबाट लालपुर्जावालाहरुले मात्र राहत पाउने नीतिगत निर्णय गलत छ ।’त्यसलाई सहजीकरण गर्न आवश्यक रहेको  सहभागिहरुले भनेका छन।’

सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो राष्ट्रिय निकुञ्जको ३४३ बर्ग कि.मि मध्यवर्ती क्षेत्र रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ०७९\०८० को तथ्यांकलाई हेर्ने हो भने बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सामान्य घाइते २,सख्त घाइते४,मानिसको मृत्यु १,पशुधनको क्षति १५९ र अन्नबालीको क्षति ३२१ गरि कुल ४८७ वटा मानव वन्यजन्तु विचको द्वन्द्वको घटना भएको छ।यसै गरि मानव व्यवहारका कारण ९३ वटा वन्यजन्तुको समेत मृत्यु  पाईन्छ।

मानव वन्यजन्तु द्वन्द्व  मुख्य कारण आहारा

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसगैं आहारा कमी देखिएकोछ । २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा यतिवेला २५ वटा पाटे बाघ छन् । तर बाघको संख्यामा वृद्धि भएसगैं उनीहरुका लागि आहारा र पानीको व्यवस्थापन गर्न समस्याले निकुञ्जलाई तनाव भइरहेकोछ । बाघको संख्याको तुलनामा यसले आहारा गर्ने जनावरको वृद्धि हुन नसक्दा दीर्घकालीन रुपमा बाघ संरक्षणमा चुनौती थपिदिएको छ । बाँके राष्ट्रिय निकुञ्जलाई बाघको आहारा वृद्धि गर्नु अबको चुनौती नै बनेकोछ ।

निकुञ्जले शून्य चोरी शिकारीको अवस्था सिर्जना गरि बाघको संख्यामा बृद्धि ग¥यो तर अब भने चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती थपिदिएकोछ । जसका लागि बाघको आहारा हुने जनावरको वृद्धि र संरक्षणमा लाग्नु जरुरी देखिन्छ । निकुञ्जको ७० प्रतिशत बढि क्षेत्रफल चुरे क्षेत्र पर्छ, बाँकी समथल र जङ्गल । यी क्षेत्रमा घाँसे मैदानको कमी छ, बाघ लगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ । ५५० वर्ग किलोमिटर क्षेत्रफलमा रहेको बाँके राष्ट्रिय निकुञ्ज २५ वटा बाघ पुगेका छन् । प्रति बाघ १५ देखि ४० वर्ग किमि क्षेत्रफलको सीमाना रहन्छ । यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउनको लागि पानीका श्रोत समेत कम छ ।

बाघको आहारा गर्ने जनावरहरुले घाँस खाने हुँदा  यस्ता जनावरको संरक्षणका लागि घाँसेमैदानको समेत व्यवस्थापन हुन जरुरी छ । विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छन् ।

बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको संख्या पनि सोही अनुसार वृद्धि भएमा आहारा शृङ्खलामा मद्दत पुग्ने विज्ञहरू बताउँछन् । विभिन्न कारणले बासस्थान र आहाराको कमी हुदाँ दुर्लभ पाटे बाघ संकटमा पर्छन् । मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ । घाँसे मैदान नहुँदा आहारा प्रजाति पनि घट्दा बाघको बासस्थान संरक्षण गर्नुपर्छ ।

बाघ संरक्षणका चुनौती ?
बाघ संरक्षणमा थुप्रै चुनौती छन् । वासस्थानको खण्डीकरण, संकुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी र अवैध व्यापार तथा रोगव्याधी जस्ता चुनौती एकातिर छन् भने अर्कोतिर यसको आहारा प्रजातिमा आएको कमी पनि बाघ संरक्षणमा चुनौती हुन् । समाधान के त ?
राष्ट्रिय निकुञ्ज तथा तराईका जंगलहरू बाघका लागि राम्रा बासस्थान हुन् ।

इकोसिस्टममा सुधार, पर्याप्त आहारको व्यवस्था, जनताको जीवनस्तरमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयनबाट नै समाधान हुन्छ । यी सबै व्यवस्था हुनसके बाघको संख्या दोब्बर हुँदा पनि वासस्थानको समस्या हुँदैन ।

बाघ किन महत्वपूर्ण ?
हाम्रो पारिस्थितिकीय प्रणाली इकोसिस्टम को महत्वपूर्ण भाग बाघ होे । इकोसिस्टमको मुख्य भाग नासिने वित्तिकै त्यसको असर समग्र प्रणालीमा पर्छ । अरु धेरै प्रजाति लोप हुन्छन् । विभिन्न प्रकारका रोगव्याधी तथा प्रकोपहरू निम्तिन्छन् र त्यसले मानव जीवनमै चुनौती थप्छ । त्यसैले बाघको संरक्षण मानिसकै लागि जरुरी छ । संरक्षणका लागि संख्या बढाउनै पर्छ ।

 

 

 

  • ६ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech