नेपालगञ्ज:जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्व नजिकिए सँगै होली पर्वको शुभकामना सँगै होलीमा उच्छृङ्खल क्रियाकलाप नगर्न बाँके बासी समक्ष अनुरोध गरेको छ । होली पर्व मनाउने बाहानामा कसैको ईच्छा बिपरित लोला हान्ने रङ् दल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, चार्डपर्व मानउने बाहानामा अत्याधिक मादक पदार्थको सेवन नगर्न अनुरोध गरेको छ ।
यस्तै होलि पर्व मनाउने बाहानामा अमर्यादित र उच्छृङ्खल कार्य नगर्न, चार्ड पर्व मनाउदा हो-हल्ला वा चर्को आवाजमा साउण्ड सिष्टमको प्रयोग नगर्न अनुरोध गरिएको छ । यद्यपि कसैको ईच्छा बिपरित रङ् दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसै माथी दुर्व्यवहार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने बाँके प्रहरीले जनाएको छ।